पब्लिक संवाददाता
बिहिबार, बैशाख २६, २०७६
0

दोलखा २६ बैशाख दोलखा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रिय सदस्य सुदर्शन कार्कीले ईन्द्र श्रेष्ठ प्यानललाई खुलेर सहयोग गर्ने भएका छन् ।
बैशाख २८ गते दोलखा सदरमुकाम चरिकोटमा हुन लागेको दोलखा उद्योग वाणिज्य संघको २२ औं साधारण सभामा केन्द्रिय सदस्य शुदर्शन कार्कीले ईन्द्र बहादुर श्रेष्ठको प्यानललाई खुलेर सहयोग गर्ने भएका हुन् । उद्योग वाणिज्य संघको अधिबेसनमा दुई वटा समुह आ आफ्नो राजनीतिक समर्थनमा उभिएपछि नेपाली कांग्रेस दोलखाका जिल्ला कार्य समिति सदस्य समेत रहेका केन्द्रिय सदस्य शुदर्सन कार्कीले लोकतान्त्रीक समुहको प्रतिनिधित्व गर्ने इन्द्र श्रेष्ठ प्यानललाई सहयोग गर्ने भएका हुन् ।
पारिवारिक सम्बन्धका हिसाबले प्रगतिशिल समुहका शुन्दर कार्की आफ्नै भाई भएपनि राजनीतिक सम्बन्धका कारण इन्द्र श्रेष्ठको समुहलाई सहयोग गर्नुपर्ने अबस्था आएकाले आफु त्यसतर्फ अग्रसर भएको कार्कीले बताए । आफ्नै दाइ सहित वाणिज्य संघमा विशेष महत्व राख्ने ठुला घराना र दिग्गज व्यवसायीले सहयोग नगर्ने भएपछि सुन्दर कार्की समुहको पराजय निश्चित जस्तै भएको छ ।
Chat Conversation End
Type a message…
Leave a Reply