दोउबा संघ निर्वाचन , श्रेष्ठलाई दिग्गज व्यवसायीहरुको समर्थन, विजय निश्चित भएको दाबी

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २६, २०७६      0

दोलखा २६ । बैशाख २८ गते हु्न लागेको दोलखा उद्योग वाणिज्य संघको आसन्न निर्वाचन तथा २२ औँ साधारण सभामा दुई प्यानलविच रस्साकस्सि चलिरहँदा कस्ले जित्ला भन्ने जिज्ञासा आम नागरिक तथा मतदाताहरुमा छ ।

उद्योगी व्यवसायीहरु निर्वाचनमा होमिरहँदा इन्द्र श्रेष्ठ समुहले भने आफ्नो प्यानललाइ्र्र अझ धेरै व्यवसायी मैत्र्री बनाउदै लगेको छ । यसरी मतदाताहरुमा लोकप्रीय बन्दै गएको श्रेष्ठ प्यानललाई दिग्गज व्यवसायीहरुले खुलेर सहयोग गर्ने भएका छन् । शुन्दर कार्की समुहबाट सदस्यको उम्मेदवार बनेका पुरानोबजारका रामदास श्रेष्ठलेसमेत टिमबाट आफ्नो नाम हटाइसकेका छन् । उनलेसमेत श्रेष्ठलाई सघाउने तयारी भएका ेउनिनिकट श्रोतले जानकारी दिएको छ । श्रेष्ठकोप्यानललाई विजयी गराउन संघका पुर्ब महाँसचिब सजल कार्की समेत चरिकोट आइसकेका छन् । क्रमश चुनाबी माहोल तातीरहेको बेला कार्की समुह भने निरास हुदै गएको देखिएको छ । हिजो कार्कीसँगै काम गरेका धेरै व्यवसायीहरु उनि सँग रुष्ट छन् । त्यसकोसमेत गम्भिर असर पर्ने निश्चित भएको जानकारहरुको तर्क छ ।
यसकारण पपुलर छ श्रेष्ठ प्यानल
काम गर्न सक्ने र सम्भाबना भएका विषयलाईमात्रै आफ्नो घोषणपत्रमा राखेको समुह हरेक शाखा लाई व्यवस्थीत बनाएर लैजाने घोषणा अघि सारेको छ ।
खारिएका र यस अघि पनि पटक पटक संघमा प्रतिनिधित्व गरिसकेका र अनुभबी सदस्यहरु टिममा भएकाले पनि श्रेष्ठ समुहले सहजै विजय हाँसील गर्ने व्यवसायीहरुको तर्क छ ।
व्यवसायमा पनि लामो अनुभब बटुलेका उम्मेदवारहरु भएका कारण संघले पनि गति लिने र वर्षौदेखि अल्झीएका कामहरु समेत पुरा हुने व्यवसायीहरुको विस्वास छ । चरिकोटका पुराना र दिग्गज व्यवसायीहरुले पनि आम मतदाताहरुलाई श्रेष्ठ समुहलाई खुलेर मतदान गर्न अनुरोध समेत गरेका छन् । बर्तमान नेतृत्वले संघलाई क्षेणिक स्वार्थको लोभमा ३ वर्षदेखि कोमामा राखेर निजी क्षेत्रको एकमात्र अग्रणी संस्थाको बदनाम गरेको भन्दै त्यसतर्फ नलाग्न आम मतदातालाई अग्रज व्यवसायीहरुको आग्रह छ ।
यस्तो छ श्रेष्ठ समुहको अपिल
अपिल
आदरणीय उद्योगी व्यवसायी ज्युहरु

२०३२ सालमा हाम्रा पूर्वजहरुले स्थापना गर्नुभएको दोलखा उद्योग बाणिज्य संघ ४४ वर्षमा प्रवेश गरेको छ । सदरमुकाम चरिकोटको एउटा सानो कोठाबाट स्थापना गर्नुभएको यो संस्था ८ सय ५२ जना सदस्य सहित भव्य सचिवालय र सिंगटी, मैनापोखरी र मागादेउराली गरेर संस्थागत शाखाहरु सहित हरेक व्यवसायीले गौरव गर्ने दोलखा जिल्लाकै अग्रणी संस्थाका रुपमा परिचित भइसकेको छ । यो संस्थालाई यहाँसम्म ल्याईपु¥याउनुहुने हाम्रा अग्रजहरु र दोलखा जिल्ला भरका व्यवसायीज्युहरु प्रति आभार व्यक्त गर्दछौं ।
हामी ४४ बसन्त पार गर्दै २२ औं साधारण सभाको सम्मुखमा आईपुगेका छौं । यही सन्दर्भमा यही बैशाख २८ गते चरिकोटस्थित सिमपानी हलमा दोलखा उद्योग बाणिज्य संघको २२ औं वार्षिक साधारण सभा एवं अधिवेशन हुँदैछ । अधिवेशनमा सहभागी भई समग्र जिल्लाको व्यवसायिक मुद्धाहरुलाई उठान गर्नका निम्ति सबै व्यवसायी महानुभावहरुमा दोलखा उद्योग बाणिज्य संघको वर्तमान महासचिवको हैसियतले निमन्त्रणा समेत गर्दछु । साधारण सभाले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
जनताको लामो त्याग र तपस्यापछि मुलुक संघीयता गए सगैं स्थानीय, प्रदेश तथा संघको निर्वाचन पछि राजनीतिले बल्ल स्थायित्व पाएको छ । यस अघिको केन्द्रिकृत व्यवस्थाबाट उन्मुक्ति पाउँदै गाउँगाउँमा आएको अधिकारसगैं निजी क्षेत्रका लागि समेत थुप्रै अवसरका ढोकाहरु खुलेका छन् । राष्ट्र विकासको प्रमुख आधार निजी क्षेत्र र दोलखामा यसको अगुवाई गर्ने दोलखा उद्योग बाणिज्य संघको संस्थागत विकासपछि अब जिल्लाका व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षा ग्यारेण्टी सहित समग्र जिल्लाको विकासका निम्ति काम गर्ने अवसर हाम्रो काँधमा आएको छ ।
सदरमुकाम चरिकोट मध्यपूर्वी पहाडको प्रमुख पर्यटन तथा व्यापारिक केन्द्रका रुपमा परिचित हुँदै गईरहेको छ । सिगंटी, मैनापोखरी, मागादेउराली, किर्नेटार, तामाकोसी लगायत हाम्रो जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु सहित अरु पनि थुप्रै बजार केन्द्रहरु थपिने क्रम बढ्दो छ । अब ती बजार केन्द्रहरुको उचित व्यवस्थापन र विकास सहित त्यहाँ रहेका व्यवसायी साथीहरुको व्यवसायको सुरक्षा ग्यारेण्टी र विकासमा हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । चरिकोटलाई मध्यपूर्वकै प्रमुख व्यापारिक केन्द्र र पहाडी क्षेत्रको प्रमुख पर्यटकीय शहरका रुपमा विकास गरेर देशभरि चिनाउने र व्यवसायिक चहलपहल बढाउने दायित्व दोलखा उद्योग बाणिज्य संघकै काँधमा छ । सिंगटी, मैनापोखरी, तामाकोसी, किर्ने, मागा देउराली सहित जिल्ला भरका प्रमुख व्यापारिक केन्द्रहरुलाई विस्तार गर्दै उचित बजार व्यवस्थापन र सर्वसाधारण नागरिकहरुले किनमेल गर्न जाने प्रमुख व्यापारिक केन्द्र बनाउनु छ । जिल्लामा उद्योग धन्दा, निर्माण व्यवसाय सहित व्यवसायिक काममा लाग्नुभएका सदस्यहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गराउने दायित्व पनि संघकै काँधमा छ ।
अतः यिनै कुराहरुलाई दृष्टिगत गर्दै यस २२ औं साधारण सभा मार्फत संघको समग्र विकास र दोलखाका उद्योगी व्यवसायीको पेशागत विकासका निम्ति दोलखा उद्योग बाणिज्य संघको आगामी कार्याकालका लागि जिल्लाभरका उद्योगी व्यवसायीहरु संगको सल्लाह र सुझाव अनुसार अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । मेरो नेतृत्वको प्यानललाई मत दिएर जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईहरुसँग सधै सामिप्यता र सम्पर्कमै रहेर संघकै निम्ति र संघका सदस्य र आम उद्योगी व्यवसायीहरुको हक हितका निम्ति अहोरात्र खटिरहने र सदैव तपाईहरुको सुख दुखमा साथ दिईरहने बचनबद्धता व्यक्त गर्दछु । यो अधिवेशनबाट मेरो नेतृत्वमा तयार भएको निम्नानुसारको प्यानललाई अमुल्य मत दिई हाम्रो सिङ्गो प्यानललाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
यि हुन श्रेष्ठ प्यानलका उम्मेदवार
दोलखा उद्योग बाणिज्य संघ
श्रेष्ठ समुहको प्यानल
अध्यक्ष
इन्द्र बहादुर श्रेष्ठ

सदस्यहरु
१.कुल प्रसाद पौडेल
२.गणेश शाही ठकुरी
३.दिनेश थापा
४.देवकृष्ण थापा
५.निला कुमार श्रेष्ठ
६.मनोजकुमार श्रेष्ठ
७.बिमल श्रेष्ठ
८.विवेक केसी
९.सनत थापा
१०.सुब्बा श्रेष्ठ
११. सुरेन्द्र उप्रेती (सुरु)
१२.हेमराज रिमाल
सदस्य (महिला तर्फ)
अनिता श्रेष्ठ
सदस्य (दलित तर्फ)
नवराज रिजाल
सदस्य (एशोसियट तर्फ)
कृष्णबहादुर श्रेष्ठ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *