दोउबा संघको निर्बाचन, यस अघि कार्की समुहबाट जितेका थापा र ठकुरीको पनि ईन्द्र श्रेष्ठ प्यानललाई समर्थन

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २६, २०७६      0

दोलखा २६ बैशाख
दोलखा उद्योग वाणिज्य संघको निर्बाचन सरगर्मी बढिरहेका बेला यस अघि शुन्दर कार्की समुहबाट अत्याधिक मत प्राप्त गरि विजय भएका २ जना उम्मेदवारहरु सनत थापा र नारायण ठकुरीले ईन्द्र श्रेष्ठ समुहलाई सघाउने भएका छन् ।
भरपर्दो र नेतृत्वदायी भुमिका निर्बाहा गर्न नसकेको र व्यवसायीको हितमा काम नगरेको भन्दै चरिकोटका चर्चीत हार्डवयर व्यवसायी सनत थापा र अर्का व्यवसायी नारायण ठकुरीले ईन्द्र श्रेष्ठको समुहलाई समर्थन गर्दै उम्मेदवार समेत बनेका छन् । १६ सदस्सीय उद्योग बाणिज्य संघको कार्यसमितिमा ईन्द्र बहादुर श्रेष्ठको प्यानलबाट व्यवसायी सनत थापाले उम्मेदवारी दिएका छन भने अर्का व्यवसायी ठकुरीले समर्थन गरेका छन् । २०७३ साल जेठमा सम्पन्न दोलखा उद्योग वाणिज्य संघको २१ औं साधारसभामा शुन्दर कार्की समुहबाट सनत थापा र नारायण ठकुरीले अत्याधिक मत प्राप्त गरि विजय हाँसिल गरेका थिए । कार्कीको प्यानलमा ४ जना मात्र सदस्य निर्बाचित हुँदा थापा र ठकुरी अग्र मतका साथ विजयी भएका थिए ।
चर्चीत व्यवसायी सनत थापाले कार्की समुहको प्यानलबाट विजयी भएको भएपनि अध्यक्ष कार्कीले नेतृत्वदायी भुमिका खेल्न नसकेको र आम उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेकाले श्रेष्ठ समुहलाई समर्थन गरि निर्बाचनमा हुमिएको बताए । उनले संघमा निर्बाचित हुँदा अहिलेका अध्यक्ष उम्मेदवार ईन्द्र बहादुर श्रेष्ठ पनि महाँसचिब भएको र अध्यक्षको तुलनामा महाँसचिब श्रेष्ठले अनौपचारिक ढंगले भएपनि व्यवसायीको हक हित र सुरक्षाका लागि महत्वपुर्ण भुमिका खेलेकोले आफुहरु श्रेष्ठको प्यानलमा उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । उनले दोलखाका आम उद्योगी व्यवसायीलाई ईन्द्र बहादुर श्रेष्ठको प्यानलमा मतदान गरि व्यवसायीक सुरक्षाका निमित्त निर्धक्क हुन आग्रह समेत गरेका छन् ।
अर्का व्यवसायी नारायण ठकुरीले  भने कार्की समुहले झुटको भ्रम फैलाएर व्यवसायीको हितमा काम  नगरेकाे बताए । कार्की  व्यक्तीगत स्वार्थमा लिप्त भएको  समेत उनले आरोप लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *