
दोलखा २५ बैशाख । नेपाली कांग्रेस दोलखाले पहिलो चरणको हिमाल, पहाड़ तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ । अत्यन्त न्यून उपस्थितीमा दोलखा कांगे्रसको इतिहासमा पहिलो पटक यो कार्यक्रम भएको बताईएको छ ।
बर्तमान नेतृत्वको असक्षमताको कारण कार्यकर्ताहरु नै उपस्थित नभएको जिल्ला कार्यसमितीका एक सदस्यले बताए । जिल्ला कार्यसमिती लाई पूर्णता समेत दिन नसक्ने बर्तमान नेतृत्व प्रति कार्यकर्ता माझ बित्रृष्णा बढेकोले उपस्थिती अति न्यून भएको उनले बताए ।
देशमै सबभन्दा बढी अन्तरले चुनाव हार्ने जिल्ला भएकोले पनि यो अवस्था आएको राजनैतिक वृतमा चर्चा हुन थालेको छ । संघीय निर्वाचनमा करिब २७ हजार मत प्राप्त गरेको कांग्रेस दोलखाको जागरण अभियानको उद्घाटन समारोहमा सम्म आउदा झन नाजुक अवस्था देखिएको राजनैतिक बिश्लेषकहरु बताउछन ।
पार्टी सभापतिको रुद्रबहादुर खड्काको फितलो कार्यशैलीको कारण कांगे्रस दोलखाको संगठन दिन प्रतिदिन खस्कदै भएको छ नत्र आजको उपस्थिती हेर्नुस नाम नबताउने सर्तमा एक जिल्ला सदस्यले भने । राष्ट्रिय जागरण अभियान कार्यक्रम भनिए पनि कांग्रेस दोलखाको अभियानमा हेर्न लायक थिएन उनको दाबि थियो ।
नजिकिंदै गरेको दोलखा उद्योग वाणिज्य संघको चुनावको कारण बहुसंख्यक कार्यकर्ता उता खटिनु परेकाले जागरण अभियानमा उपस्थिति कम देखिएको नेपाली कांगे्रस दोलखाले जिकिर गरेको छ।
सो जागरण अभियानमा प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले सरकारद्वारा नियमित हुनुपर्ने कामलाई पनि दुई तिहाईको दम्भमा बंग्याएर उल्टो विकास लाद्न खोजेको बताएकाछन । सोही कार्यक्रममा नेपाली कांग्रेस दोलखाका नेता कुन्दन काप्mले ले दोलखा कांगे्रसलाई नयाँ शिराबाट अगाडी बढाई संगठन मजबुत बनाउने प्रतिबद्धता जाहेर गरे ।
दोलखा कांगे्रसले केन्द्रिय समितीको निर्देशनको अवज्ञा गर्दै करिब एक दर्जन वक्ता राखेर जागरण अभियान सुरु गरेको छ । जागरण अभियानसभापति रुद्रबहादुर खड्काको सभापतित्वमा आयोजना गरिएको थियो।
Leave a Reply