
राजेश बस्नेत
दोलखा २५ बैशाख । दोलखा उद्योग बाणिज्य संघमा इन्द्र श्रेष्ठको प्यानल बिजयपछि जिल्लाका प्रमुख ब्यापारिक केन्द्रहरुमा खानेपानी, ढल, बसपार्क जस्ता पूर्वाधार व्यवस्थापनका निम्ति स्थानीय सरकारसंग सहकार्य गरी काम गर्ने प्यानलले प्रतिबद्धता जाहेर गरेको छ ।
प्यानलले जिल्लामा अर्गानिक उत्पादनलाई बढावा दिने र अर्गानिक आलु, किवी, लोक्ता प्रशोधन गर्ने कारखाना खोल्दै आलुका परिकारहरुलाई लेबलिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने समेत प्यानलले प्रतिबद्धता जाहेर गरेको हो ।
इन्द्र श्रेष्ठ द्धारा हस्ताक्षरित प्रतिबद्धतामा २०७२ सालको भूकम्पमा जीर्ण बनेको दोलखा उद्योग बाणिज्य संघको भवन यथाशीघ्र पुर्ननिर्माण गरी संघको सचिवालयलाई आफ्नै भवनबाट सञ्चालन गरिने जनाएका छन ।
दोलखा उद्योग बाणिज्य संघका सबै शाखाहरुलाई सुविधा सम्पन्न बनाउनका निम्ति शाखाका आ–आफ्नै भवन सहितको कार्यालय निर्माण गरिनेछ श्रेष्ठले बताए ।
उनी भन्छन “व्यवसायी तथा सदस्यहरु विपत वा दुर्घटनामा परेको अवस्थामा आवश्यक आर्थिक सहयोग गर्न दोलखा उद्योग बाणिज्य संघमा यसअघि रामेश्वर मानन्धरको अध्यक्षताको कार्यकालमा खडा गरिएको विपत तथा आकस्मिक कोषमा तिन बर्ष भित्र ५० लाख राशी पु¥याईनेछ ।”
“ विपद वा दुर्घटनामा परेका बेला व्यवसायी सदस्यहरुलाई आवश्यकता अनुसार हेलिकप्टर चार्टर गरी उद्धार गरिनेछ । व्यवसायमा आगलागी लगायत कुनै पनि विपत्तीबाट क्षति पुगेमा कार्यविधि बनाएर उक्त कोष मार्फत क्षतिपूर्ती दिने व्यवस्था गरिनेछ । ” उनले बताए ।
Leave a Reply