दोलखा, २१ बैशाख । असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुल ब्याग सहयोग गरेका छन् ।
जिल्लाको गौरीशंकर बालगृहमा रहेका २९ जना बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बिहान बाल गृह पुगेर ३२ हजार बराबरको स्कुल ब्याग, मिठाई र खानेकुरा बाडेका हुन । .
भीमेश्वर नगरपालिका ५ मा रहेको बाल गृहका थापाले बाल गृहमा रहेका बालबालिकालाई आनो परिवारका तर्फबाट बर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रुखख सुरज बिष्टले बताए ।
विष्टले भन्छन “अघिल्लो बर्ष थापाले ओच्छ्याउने तन्नाहरु साथै दुई बर्ष अघि स्टेशनरी सामाग्री सहयोग गर्नुभएको थियो । ” बालगृहका प्रमुख बिष्टका अनुसार व्यवसायी थापा बर्षको एक पटक सहयोग बोकेर बाल गृहमा आउने पुग्ने गरेकाछन।
थापाको परिवारले बर्षको एक पटक यहाँ के आवश्यकता छ त्यही अनुसारको सामान बोकेर सहयोग आई अनाथहरुलाई सहयोग गर्ने गरेको बिष्टले बताए । चरिकोट स्थित सातदोबाटो चोकका थापा हाड्वयर लगायतका व्यवसायमा संलग्न छन् । उनी दोलखा उद्योग बाणिज्य संघका बरिष्ठ सदस्यसमेत रहेकाछन ।
नेपाल बाल संगठनद्धारा सञ्चालित यो बाल गृह संगठनकै बजेटबाट चल्ने गरेको छ । यस्तै बेला बेलामा सहयोगी भावना भएका मनकारी मानिसहरुले समेत ल्याउने सहयोगले बाल गृह सञ्चालन गर्न थप सजिलो हुने गरेको बिष्टले बताए ।
Leave a Reply