घरको नम्बरिङ्ग गरेको एक हजार शुल्क लिने पालिका प्रति नागरिक समाजको आपति

 पब्लिक संवाददाता      बिहिबार, बैशाख १९, २०७६      0

दोलखा १९ बैशाख । घर नम्बर प्लेट राखेको एक हजार रुपैया लिई गौरिशंकर गाँउपालिकाले सेवाका नाममा जनताबाट चर्को शूल्क अशुलेको छ ।
गाँउपालिकाले घरको नम्बरिङ्ग गर्दा जनताबाट चर्को शूल्क लिई नाङगो नाच देखाएको भन्दै सर्वत्र आलोचित भएको हो ।
जनताको सेवाको लागी गाउँपालिकाले निर्णय गरेर प्रतिघर एक हजार रुपैया लिई र यसबाट जनतालाई अप्ठ्यारो नपर्ने गौरिशंकर गाँउपालिका अध्यक्ष स्वयम बहादुर खड्काले दाबि गरे ।
खड्काले भने “पालिका कै गुरु योजना बनाएर घर नम्बर प्लेट राख्ने उदेश्यका कारण यो रकम लिएका हौ । ” उनले भने यो संकलित रकम गाउँपालिका कै विकासमा खर्च गर्ने हुदा आफुले कुनै स्वार्थ नराखी रकम संकलन गर्न लगाएको छु । जनता बाट उठेको रकमले घर सम्पन्नताको प्रमाण, परिवारको बायोडाटा तयार गर्न समेत खर्च गरिने खड्काले बताए ।
घर नम्बर प्लेटको रकम जसले तिर्दैन त्यसलाई गाउँपालिकाले दिने सेवा सुविद्याबाट बञ्चित गराउने मौखिक धम्कीका कारण डर त्रासले रकम तिर्न बाध्य भएको गौरिशंकर गाउँपालिका ५का पिडित नागरिकहरुले सदरमुकाम चरिकोटमा आएर संचारकर्मीहरु संग गुनासो गरेकाछन ।
सबै अधिकार जनप्रतिनिधिलाई दिनु हुने रहेन छ ,कानुन मिचेर रकम लिदा समेत कार्वाही गर्ने निकाय नहुदा अधिनायकवादको चपेटामा सर्वसाधरण पर्नबाध्य भएर गुनासो सुनाउन सदरमुकाम आएको उनीहरुले बताएकाछन । सामान्यतय एक सय रुपैया लाग्ने घरको नम्बरिङ्ग प्लेटको एक हजार लिई नागरिक माथि अन्याय गरेको नागरिक समाज दोलखाले ठहर गरेको छ ।
विकास गर्ने नाममा जनतामाथि चर्को शुल्क असुल्ने माथिका आप्mनो ध्यान आकृष्ट भएको नागरिक समाजले जनाएको छ । तत्काल सच्चाएर अधि बढ्न गाउँपालिकालाई आग्रह समेत गरेको छ ।
स्थानिय सरकारले मालपोत दस्तुर सिफारिस,रजिष्टेशन, व्यक्तिगत घटना दर्ता,लगायतका कामका लागी कानुन बनाएर शुल्क निर्धारण गर्न पाउने भएपनि घरको नम्बरिङ्ग गर्न कै लागी शुल्क उठाउन मिल्ने ब्यबस्था नरहेको कानुन व्यबसायीहरुले बताएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *