भुकम्प पछि उत्कृष्ट जि एस एम सेवा उपभोग गर्दै दोलखाली

 पब्लिक संवाददाता      बिहिबार, बैशाख १२, २०७६      0

दोलखा १२ बैशाख । बिनाशकारी महाभुकम्पले तहस नहस पारेको सुचना तथा संचार क्षेत्रका संरचना पूनःनिमार्ण भए पछि दोलखाली नागरिकले उत्कृष्ट सेवा उपभोग गर्दै आएकाछन ।
चिनको स्वसाशित क्षेत्र तिब्बतको सिमानामा जोडीएको बिगुगाउँपालिकाको १ मा पर्न लप्ची गाउँ देखी बाहेक जिल्लाका सम्पूर्ण टोल बस्तीमा नेपाल टेलिकम दोलखाले जि एस एम टेलिफोन सेवा संचालन गरे पछि नागरिकले सो सेवा उपभोग गर्न पाएका हुन ।
जिल्लाका ३८ स्थानमा टावर निमार्ण गरि जि एस एम , ल्याण्ड लाइन टेलिफोन सेवा संचालन गर्दै सरल र सहज रुपमा जिल्लावासीलाई सेवा प्रदान गरेको नेपाल टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणी अर्यालले जानकारी दिनु भयो ।
अर्यालले भन्नु भयो “भुकम्पले तहस नहस भएका सबै संरचना पूर्णरुपमा निमार्ण गरि युग अनुसार नयाँ प्रविधि भित्र्याई जिल्लावासीलाई सेवा प्रदान गरेका छौं ।”दोलखाको आलडाँडा सम्म अप्टीकल फाईबर बिछएको एक सात भित्र सदरमुकाम चरिकोटमा बिछई सक्ने उहाँले बताउनुभयो । यस पछि दोलखा जिल्ला सिधै काठमाण्डौ कनेक्सन हुने कार्यालय प्रमुख अर्यालले जानकारी दिनु भयो ।
टेलिफोन सेवा अबरुद्ध हुने समय समधान गर्न बिगतका दिनमा पनि नेपाल टेलिकम दोलखाले मुडे र भालुखोपमा बैकल्पीक ट्राफिक रुट समेत ब्यबस्थापन गरि निरन्तर सेवा दिदैं आएको छ ।
त्रिपालमामा बिटी एस सेवा संचालन गरेर जिल्लावासीलाई भुकम्पको समयमा समेत टेलिफोन सेवा निरन्तर दिएकोमा आम दोलखावासीको धन्वादको पात्र नेपाल टेलिकम दोलखा बनेको नागरिक समाज दोलखाका अगुवा राजेश बस्नेत बताउनु भयो ।
कुशल क्षमताका कार्यालय प्रमुखले भुकम्पले क्षति गराएका सम्पूर्ण काम पूर्णरुपमा निमार्ण गरिसकेकाछन , तर जागिर मात्र खान आउने कार्यालय प्रमुख भएका कार्यालयमा ५० प्रतिशत पनि काम नभएको नागरिक समाज दोलखाले ठहर गरेको छ ।
२०७२ सालको बिनाशकारी महाभुकम्पले टेलिफोनका टावरहरु तहस नहस गराएपछि पुन निमार्ण गर्दा स्तरीय बनाए पछि प्रभावकारी सेवा पाएका हौं , महाभुकम्प अघि सात ÷दश दिन बिग्रीए पछि काठमाण्डौ बाट प्राविधिक झिकाई बनाउने दिर्घ परम्परा चल्दै आएको थियो अहिले अन्त्य भएको छ, नागरिक अगुवा बस्नेतले दाबि गर्नुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *