चालक र सह चालकको स्वास्थ्य जाँच (सम्पूर्ण तस्विर समावेश गरिएको छ )

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन २४, २०७५      0

दोलखा २४ फागुन । सुरक्षित यात्राको लागी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय दोलखाले सदरमुकाम चरिकोटको सात दोबाटेमा चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनको यान्त्रिक अवस्थाको परिक्षण समेत गरेका छन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार दोलखा प्रहरीले मासिक?पमा चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनको यान्त्रिक अवस्थाको परिक्षण गर्दै आएको छ ।
शुक्रबार बिहान देखी सु? भएको चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनह?को यान्त्रिक अवस्थाको परिक्षण कार्यक्रममा ५२ जनाको स्वास्थ्य परिक्षण गरेको दोलखा लायन्स आँखा केन्द्रकी अफारमकि असिस्टेन गिता राई बताउनु भयो । राईका अनुसार २ जनाको कलर भिजन बिस्टिकको समस्या रहेको छ ।
सोही समयमा २१ वटा यात्रुबाहक सवारीका साधनको यान्त्रिक अवस्थाको परिक्षण गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका ईन्चार्ज चन्द्र लामाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो सवारीका साधनको अवस्था समान्य रहेको छ । लामाले भन्नु भयो “ यो कार्यक्रमको लागी जनशक्ति दोलखा लायन्स आँखा केन्द्र, सामुदायिक अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र र महेन्द्र निशानीको सो?म चरिकोटले सहयोग गरेको छ ।”
जिल्ला ट्राफिक कार्यालय दोलखाको सकृयतामा जिल्लामा यस्ता जनचेतना जागृत गर्ने कार्यक्रम हुदै आएका छन । ट्राफिक ब्यवस्थापनमा राम्रो सुधार आएको नागरिक अगुवा ऋषि प्रसाद न्यौपानेले बताउनु भयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *