ओली, प्रचण्ड र सिके राउतले एउटै मञ्चबाट सम्बाेधन गर्ने

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन २४, २०७५      0

काठमाडौं : नेकपा सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री  निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। पार्टी एकता र आज दिउँसो दुवै अध्यक्षले राष्ट्रिय सभामा सम्बोधन गर्नेबारेमा छलफल भइरहेको अधिकारीको भनाई थियो।  आजै राज्य विप्लव मुद्धाखेपिरहेका सीके राउतलाई नेकपालाई भित्र्याउने गृहकार्य भइरहेको बुझिएको छ। सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने बताइएकाे छ। राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *