दोलखा ११ फागुन । ३ नं प्रदेश स्तरिया महिला भलिबल प्रतियोगीताको उपाधि काठमाण्डौ जिल्लाले हात पारेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनौटको लागी ३ नं प्रदेश स्तरिया प्रतियोगीताको चितवान जिल्ला लाई २५– १०,२५– १७ र २५– १९को सोझो सेटमा हराउदै काठमाण्डौ जिल्लाले जित हात पारेको हो ।
गत बुधबार बाट सुरु भएको महिला भलिबल प्रतियोगीता शनिबार सम्पन्न भएको छ । काठमाण्डौ जिल्लाकी प्रतिभा माली खेलकै सर्व उत्कृष्ट खेलाडी बन्नु भएको छ ।
यो प्रतियोगीताको तेस्रो स्थान २१–२५,२५–१४, र २५–१९ को स्कोरमा ललितपुर जिल्लालाई हराउदै रामेछाप जिल्लाले प्राप्त गरेको छ । रामेछापकी प्रेममाया लामा मेन अफ द म्याच बन्नु भएको छ ।
प्रदेश खेलकुद परिषद ३ नं प्रदेश को आयोजनामा भएको सो महिला भलिबल छनौट प्रतियोगीतामा प्रदेशका १२ जिल्लाको मात्र सहभागीता रहेको प्रतियोगीताका संयोजक उमेश केसी जानकारी दिनुभयो ।
Leave a Reply