राष्ट्रिय महिला भलिबल टिम छनौट प्रतियोगीता दोलखामा

 पब्लिक संवाददाता      बुधबार, फाल्गुन ८, २०७५      0

दीपशंकर चौलागाई
दोलखा ८ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनौटको लागी दोलखा सदरमुकाम चरिकोटमा ३ नं प्रदेश स्तरिया प्रतियोगीता बुधबारबाट सुरु भएको छ ।
बुधबार भएको पहिलो खेलमा दोलखा जिल्लाको टिमले काभ्रेपलाञ्चोक जिल्लाको टिमलाई २५–२० र २५ –१३ को सोझो सेटमा हराएको छ । पहिलो खेलमा दोलखाकी बन्दना बस्नेत मेन अफ द म्याच भईन । बुधबारै भएको दोस्रो खेलमा भक्तपुरले धादिङलाई २५–१४,१८– २५र २५–१८ हराउदै जित हात पारेको छ । त्यसै गरि दोस्रो खेलमा भक्तपुरकी बिनिका सिल्पकार मेन अफ द म्याच बनिन्।
प्रदेश खेलकुद परिषद ३ नं प्रदेश को आयोजनामा भएको सो महिला भलिबल छनौट प्रतियोगीताम तिन सम्म चल्ने कार्यक्रमका संयोजक उमेश केसी जानकारी दिए । प्रतियोगीतामा ३ नं प्रदेशका १२ जिल्लाको सहभागीता रहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *