दोलखा ७ फागुन । दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल सर्वसम्मत रुपमा गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा चयन हुनुभएको छ ।
तामाकोशी गाउँपालिकाको किर्नेटारमा मंगलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सह सचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।
१९ सदस्यीय प्रदेश कमिटीको सदस्यहरुमा दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेश्वर काफ्ले, रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार चयन भएका छन् । यस्तै, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, र सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा पनि प्रदेश कमिटीको सदस्यमा चयन भएका छन् ।
अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।
गाउँपालिका राष्ट्रिय महांसघ ३ नम्बर प्रदेश कमिटीका अन्य सदस्यहरुमा सिन्धुलीको हरिहरपुर गणी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी रहेका छन् ।
Leave a Reply