![](https://publicpati.com/wp-content/uploads/2018/12/FB_IMG_1544715025421.jpg)
चरिकोट । दोलखाको इतिहासमै पहिलोपटक मिस दोलखा बन्न सफल सपना चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा आपतकालीन सेवा केन्द्रलाई १० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेकी छिन्।
बिहिवार भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित आवाज नेपालद्वारा सञ्चालित आपतकालीन सेवा केन्द्रमा पुगेर उनले ५ थान ट्याङ्का र दाल, चामल लगाएतका खाद्यान्न सामाग्री सहयोग वितरण गरेकी हुन।
जोखिममा परेर न्यायको खोजीमा रहेका महिला तथा बालबालिकाहरुको उद्धार र संरक्षणमा थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -४ जीलु घर भएकी सपना पेशाले नर्स हुन। उनी शैलुङ गाउँपालिका -७ स्थित फस्कु स्वस्थ्य चौकीमा एएनएमको स्थायी दरबन्दीमा कार्यरत छिन्।
दोलखाली कला संस्कृतिको जगेर्ना तथा विकास गर्ने उदेश्यले स्थापित संस्था ब्राइट इभन्ट म्यानेजमेन्टले असोज २७ गते दोलखाको इतिहासमै पहिलोपटक आयोजना गरिएको मिस दोलखा प्रतियोगितामा उनी मीस दोलखाको ताज पहिरन सफल भएकी थिइन्।
त्यसैगरी आवाज नेपालकी अध्यक्ष सृजना कार्कीले सहयोगको महत्त्व विशेष रहेको बताइन् ।
जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण, उपचार, शिक्षा, पारिवारिक पुनर्मिलन र सीप बिकासको काम गर्दै आएको संस्थालाई हालसम्म आधिकारिक सहयोग नभएको बताइन् ।
हालसम्म केही देशीविदेशी व्यक्ति र संघसंस्थाले सहयोग गरेको भरमा चलेको सुरक्षा भवनले जिल्लामा जोखिममा परेका महिला तथा बालबालिकाहरुको उद्धार र सुरक्षाको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै अध्यक्ष कार्कीले राज्यले अब हरेक स्थानीय तहमा सुरक्षा भवनको व्यवस्था गर्नुपर्ने धारण व्यक्त गरिन्।
Leave a Reply