कपडा सिलाउने पेशा भएका सधैं मजदुर मात्रै हुने मालिक अर्कै हुने

 पब्लिक संवाददाता      आइतवार, मंसिर १६, २०७५      0

भीमबहादुर – २
कपडा सिलाउने पेशा भएका सधैं मजदुर मात्रै हुने मालिक अर्कै हुने, देश जुत्तामा आत्मनिर्भर हुँदै गर्दा परम्परागत पेशा गर्नेहरु मजदुर मात्रै बन्ने र मालिकहरु भने उपल्लो जातिकै हुनुले समाजको समान बिकास हुननसकेको उहाँको तर्क थियोे ।
पाँच दशक लामो निष्ठाको राजनीतिक यात्रामा रहेका तामाङसंग जीवनभरको सम्पत्ति भनेकै  निर्दाग चरीत्र, पारदर्शिता,शान्त स्वभाव र  दृढ आत्मबिश्वास नै  थियोे । राजनीतिमा हरेक विषयलाई आफू अनुकूल  व्याख्या गर्ने परम्पराभन्दा भीमबहादुर तामाङ माथि हुनुहुन्थ्यो । आफ्ना कार्यकर्ताले गलत कार्य गर्दा उहाँ जोगाउन होइन दण्ड गर्नुपर्ने माग राख्नहुन्थ्यो । आफू उमेदवार भएकै चुनावी समयमा दोलखाको सहरेमा आफ्नो कार्यकर्ताले विपक्षीको घरमा आगो लगाइदिँदा  तामाङले उक्त कार्यकर्तालाई जोगाउने होइन उल्टै दण्डित गर्नुपर्ने माग गर्नुभयो । अपराधीले माफी होइन, कानुन अनुसार दण्डित हुनुपर्छ भन्ने सर्बमान्य सिद्धान्त उहाँमा मृत्युपर्यन्त थियोे ।
राजनीतिक आवरणमा हुने अपराधप्रति निकै सजग उहाँ, जुनसुकै आवरणमा हुने अपराधविरुद्ध खुलेर बिरोध गर्ने सामर्थ्य राख्नुहुन्थ्यो ।
फुर्सदमा आफ्नो कोठा अगाडि लगाएको फूलबारीमा रमाउने तामाङ फूलको असाध्यै सौख र पारख राख्नुहुन्थ्यो ।औपचारिक रूपमा  भादगाउँले कालोटोपी, सर्ट पाइन्ट र कोट लगाएर हिंड्ने तामाङले जाडोकाे समयमा समेत  ज्याकेट लगाउनु भएन । कोठामा रहँदा सदैव लुङ्गी लगाउने गर्नुहुन्थ्यो । समाज शास्त्रीय अध्ययनमा कुशाग्र स्व. भीमबहादुर तामाङसंग  रत्तिभर कुनै लोभलालच, ब्यक्तिगत मोह र सुख सयल गरुँ भन्ने भावना थिएन ।
बि.सं . २०१४ सालमा नेपाली कांग्रेसको सदस्य लिनुभएका तामाङले पटक पटक जेलनेल भोग्दैै निरन्तर नेपाली कांग्रेसको राजनीतिबाटै आफ्नो गर्विलो इतिहास निर्माण गरि जीवनको अन्तिम सत्य – मृत्युवरण गर्न पुग्नुभयो।
आज हामीसंग भीमबहादुर तामाङको भौतिक शरीर त छैन । उहाँको भौतिक शरीर हामी माझ नभएको पनि आज छ बर्ष बित्यो ।बि. सं २०६९ साल मंसिर १६ गते भीमबहादुर तामाङले निष्ठाको अविरल राजनीतिक यात्राबाट मात्रै बिदा लिनु भएन उहाँको दीव्य शरीर समेत  चिताग्नीमा खरानी बन्यो । यद्यपि उहाँको वैचारिक धार र अशल सामाजिक चरीत्रका कारण मानव सभ्यतालाई आकर्षित गर्ने प्रेरणादायी जीवनको गर्विलो इतिहास भने हामीसंग बाँकी छ ।
श्रीबाबु कार्की उदास
नेपाली लेखक संघका केन्द्रीय सदस्य

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *