सेजन अवार्ड क्यापिटल नेपालका योञ्जनलाई

 पब्लिक संवाददाता      शनिबार, मंसिर १५, २०७५      0

काठमाडौं । क्यापिटल नेपाल डटकमका संवाददाता सुवास योञ्जन ५० हजार पुरस्कार राशिको नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट सम्मानित हुनुभएको छ ।
वर्षेनी दुई पत्रकारलाई दिदै आएको सेजन अवार्ड ‘हवाइ फेक रेस्क्यु’ समाचार बापत योञ्जनले समेत हात पार्न सफल हुनुभएको हो।
सेजन स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित एक समारोहमा अर्थ मन्त्री डा. युवराज खतिवडाले योञ्जनलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
अर्थमन्त्री खतिवडाले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रुपैयाँ लगानी आवश्यक भएको बताउनुभय‍ो । उहाँले स्वदेशी पुँजीबाट मात्र यो संभव नभएपछि विदेशी सहयोग पनि आवश्यक भएको जानकारी दिनुभयो ।
तिब्र गतिमा व्यापार घाटा बढेकोमा चिन्ता व्यत्त गर्दै  डा. खतिवडाले  विमान खरिद र जलविद्युत उपकरण खरिदमा ठुलो रकम बाहिर गएपछि व्यापार घाटा बढेको जिकिर गर्नुभयो । निर्यात घटदै जाने र आयात बढ्दा सरकारको चालु खाता र शोधानान्तर घाटामा रहेको खतिवडाले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा स्थानीय तहले ४० अर्ब रुपैयाँ कर उठाउने उहाँले बताउनुभयो । अर्थमन्त्री खतिवडाले  संसदको हिउँदे अधिवेशनबाट आर्थिक क्षेत्रका सबै विधेयक पारित हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा चुलिदै गएकोमा चिन्ता व्यत्त  गर्नुभयो । उहाँले निर्यात व्यापार बढाउन प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, सेजनका अध्यक्ष पुष्पराज आचार्य, निवर्तमान अध्यक्ष गोकर्ण अवस्थी, पुर्वअध्यक्ष किरण नेपाल र प्रदीप चापागाइले आफनो धारणा व्यत्त गर्नुभयो।
त्यसैगरी अर्को अवार्ड भने सिक्टा सिंचाइ आयोजनामा ठेकेदारको लापरवाहीले गर्दा भएको क्षतिको समाचार बापत नागरिक दैनिकका संवाददाता रुद्र खड्काले प्राप्त गर्नुभएको छ।
यस्तै लामो समयदेखि आर्थिक पत्रकारीतामा रहेर योगदान दिनुहुने आजको अर्थका हृदय गौतम, कारोबार दैनिकका सम्पादक कुवेर चालिसे र आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र कान्तिपुर टेलिभिजनका प्रमुख प्रशान्त अर्याललाई समेत सम्मान गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *