सर्वाधिक राशिको प्रकाश स्मृति कपको खर्च विवरण सार्वजनिक

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर १४, २०७५      0

चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा सर्वाधिक राशिको ऐतिहासिक खेल भव्यताका साथ सम्पन्न गरेका आयोजकले कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेका छन्।
हरेको कुरामा पारदर्शिताको अभाव देखिरहेको समयमा प्रकाश स्मृति कपको आयोजक पक्षले भने आफ्नो आयव्यय सार्वजनिक गरेका छन् । सार्वजनिक खर्च विवरण अनुसार झण्डा २८ लाखको हाराहारीमा खर्च भएको छ।
निकै व्यवस्थित, तामझाम र लोकप्रिय ढंगले उद्घाटन र समापन गरिएको प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको पहिलो संस्करणमा जम्मा २७ लाख ७९ हजार खर्च भएको हो।
बिहिवार (हिजो ) सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराउदै कार्यक्रम संयोजक मीन कुमार शिवाकोटीले प्रतियोगितामा खर्च भएको हिसाब बराबरको रकम संकलन नभएको बताउनुभयो ।
उहाँका अनुसार खर्च भएको हिसाब मिलानका लागि अझै १२ लाख ८ हजार ४८८ रुपैयाँ संकलन हुनुपर्नेछ।
गाउँपालिका र जिल्ला स्थित जलविद्युत आयोजनाहरु तथा अन्य व्यवसायीक कम्पनीहरुसंग समेत सहयोगको कुरा अघि बढेकाले छिट्टै उक्त रकम समेत उठ्ने दावी उहाँको छ।
दोलखाली खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै हैसियतमा विकास गर्ने उद्देश्यले आफुहरुले प्रतियोगिता आयोजना गरेको उहाँले भन्नुभयो ।
टिम बनाएर सबैजना आ-आफ्नो ठाउबाट लागे यो भन्दा नि ठूलो प्रतियोगिता दोलखामा सम्भव छ भन्दै संयोजक शिवाकोटीले प्रताप स्मृति कपको दोस्रो संस्करण समेत चरिकोटमै थप व्यवस्थित तरिकाले  गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका तत्कालीन पोलिट ब्युरो सदस्य तथा सगरमाथा आरोही स्वर्गिय प्रकाश दाहालको स्मृतिमा रिनेजम नेपालले आयोजना गरेको प्रतियोगिताको प्ररम्भिक अनुमानित लागत ४० लाख थियो ।

प्रतियोगिताका लागि सहयोग गर्नेहरु यस प्रकार छ:
१)पञ्चकन्या ग्रुप वुटवल पावर कम्पनी -४,९६,०००।००
२) राष्ट्रिय बाणिज्य बैंक -१,३२,७४३।००
३) जीपछिरिङ शेर्पा(प्रतिनिधि सभा सदस्य)- १,००,०००।००
४) कान्छाराम तामाङ रामेछाप – १,००,०००।००
५) विदुर शर्मा – १,००,०००।००
६) शेखर गोल्छा- १,००,०००।००
७) अर्जुन दहाल मैनापोखरी -६०,०००।००
८) भीमेश्वर नगरपालिका  – ५०,०००।००
९) नेपाल टेलिकम – ३५,३९८।००
१०) नेपाल आयल निगम – ३९,८२३।००
११) राष्ट्रिय विमा संस्थान- २६,५४८।००
१२) प्रिति चाउचाउ – ६०,०००।००
१३) आईएमई ग्रुप – १,००,०००।००
१४) निक कम्पनी लि. – २५,०००।००
१५) दुगड ग्रुप – ३०,०००।००
१६) HAN  – १,००,०००।००
१७) दुग्ध विकास संस्था दोलखा+केन्द्र – १,००,०००।००
१८) डिभिजन वन कार्यलय – ५०००।००
यस्मा १२ वटा टिम दर्ता गर्दा प्रत्येक टिमबाट १५ हजारका दरले लिइएको जम्मा १,८०,०००।०० सह-आयोजक समेत रहेका दोलखा जिल्ला फुटबल संघलाई नै दिइएको छ।

त्यसैगरी प्रतियोगितामा भएको खर्चको विवरण यस प्रकार छ:
१) कार्यक्रम पुर्व तयारी तथा व्यवस्थापकीय खर्च -१,३०,०००।००
२) प्रचारप्रसार खर्च  – ८०,०००।००
३) नगद पुरस्कार खर्च – ४,९६,०००।००
४) ट्रफी,मेडल, खेल सामाग्री, मायाको चिनो, प्रमाणपत्र लगाएको तयारी – १,७५,०००।००
५) आयोजक स्वयंसेवक खाना, खाज र बस्ने समेतको व्यवस्थापन खर्च- २,१८,०००।००
६) खेल मैदान सुधार र व्यवस्थापन – ९५,०००।००
७) गुल्कोज पानी, जुस अौषधी समेत – ३५,०००।००
८) कलाकार बाजा, मार्चपास – ३२,०००।००
९) कार्यक्रम व्यवस्थापन – ६५,०००।००
१०) रेफ्री खान वस्न समेत – १,८५,०००।००
११) कार्यक्रम उद्घाटन – १,३५,०००।००
१२) कार्यक्रम समापन – ८५,०००।००
१३) अतिथि संस्कार – ८८,०००।००
१४) १२ टिम खेलाडीलाई ७ दिन सम्म खान वस्ने खर्च – ७,७५,०००।००
१५) खेलाडी यातायात खर्च – १,८५,०००।००
जस्मा सामुदायिक अस्पताल चरिकोटको सहयोगमा निशुल्क प्राथमिक उपचार भएको आयोजकले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *