प्रकाश स्मृति कपको उपाधि प्लानिङ व्वाइजलाई

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर ७, २०७५      0

दोलखा ७ मंसिर । सर्वाधिक पुरस्कार राशिको प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि प्लानिङ व्वाइज क्लब, काठमाडौँले जितेको छ । दोलखा जिल्ला फुटबल संघ दोलखालाई २–१ गोलको अन्तरमा हराउदै प्लानिङ व्वाइजले उपाधि जित्न सफल भएको हो ।
शुक्रबार (आज) सदरमुकाम चरिकोटको टुँडिखेलमा भएको फाइनल प्रतिस्पर्धामा उपाधि जित्दै प्लानिङ व्वाइजले नगद २ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीहरुलाई खानेपानी मन्त्री विना मगरले पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने दोलखा जिल्ला फुटबल संघले १ लाख २५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल पुग्ने एपिएफ क्लब र दिपशिखा युवा समुह नैकापलाई पनि ३०–३० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । दुबै टिम सेमीफाइनलमा पराजित भएका थिए ।
त्यसैगरी प्लानिङ व्वाइजका विष्णु केसीले उत्कृष्ट किपर, दिपशिखा युवा समुहका दावा शेर्पाले हाइस्कोररको उपाधि पाएका छन् । दोलखा जिल्ला फुटबल संघका विवेक बुढाथोकीले वेष्ट डिफेन्डर, हिमाल श्रेष्ठले वेष्ट स्ट्राइकर र सुजन श्रेष्ठले म्यान अफ द म्याचको उपाधि पाएका छन् । उनीहरुले जनही १०–१० हजार रुपैँया र ट्रफी पाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको स्मृतिमा रिनेजम नेपालले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सहआयोजक दोलखा जिल्ला फुटबल संघ रहेको थियो । प्रतियोगितामा दोलखाको एकसहित विभिन्न १२ टिमले सहभागिता जनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *