यिनै चार टिम हुन सेमिफाइनलमा पुग्ने

 चिरफार संवाददाता      बुधबार, मंसिर ५, २०७५      0

सुजन काफले
दोलखा ५ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम पुगेकाछन ।
प्रतियोगितामा दोलखा जिल्ला फुटबल सङ्घ ,एपिएफ, प्लानिङ दीपशिखा नैकाप काठमाडौँ र ब्वाइज काँडाघारी भक्तपुर सेमिफाइनमा पुगेका छन् । बुधबार भएको क्वार्टर फाइनलमा प्लानिङ ब्याइज काडाँघारी भक्तपुर काभ्रे फुटबल सङ्घलाई ३–२ गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको छ । यसअघि मङ्गलबार भएको पहिलोे खेलमा चितवन एघारलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनमा पुगेको थियो ।
त्यसैगरी मङ्गलबार नै भएको दोस्रो खेलमा दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडौँ क्लबलाई ५–० गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको थियो । सोमबार भएको क्वार्टर फाइनलमा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
मंसिर १ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गरेका थिए । दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी ११ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ ।
तस्विर
१ प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनल खेल को तस्विर । ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *