जनताले देख्ने विकास गर्न सरकार लागी परेको छ ःमन्त्रि अधिकारी

 पब्लिक संवाददाता      आइतवार, मंसिर २, २०७५      0

दोलखा २ मंसिर । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रि रबिन्द्र अधिकारीले नेपाली कांगे्रसको सरकारले गरेका अव्यबस्थित कामलाई ब्यबस्थित बनाउन लामो सयम लागेकोले सरकार विकासका काममा पछि परेको स्वीकारेकाछन ।
यो सरकार बने पछि बाह्य पर्यटक बिगतको बर्षहरुमा भन्दा २४ प्रतिशतले बृद्धी भएको भएपनि नागरिकले प्रत्यक्षरुपमा देखिने विकास नभएकोले जनताले देख्ने विकास गर्न अब सरकारले समय खर्चिने उनले दाबि गरे ।
पूर्विय पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा राष्ट्रिय विभूती शंखधर साख्वाको सालिका अनावरण गर्न आईपुगेका नागरिक उड्यन मन्त्रि अधिकारीले जनताले सरकारलाई गालि गरिरहेकाछन त्यसको जवाफ काम गरेर सरकार दिन तयार रहेको बताए ।
सन २०१९ सम्ममा बिश्वको पाँचौ गन्त्वय स्थल काठमाण्डौलाई बनाउन सरकार लागी रहेको बताउदै मन्त्रि अधिकारीले भने पर्यटकीय क्षेत्रको अबमूल्यान गर्दै सडकहरु निमार्ण गर्दा अनियमिकता,ढिलासुस्ती,हेल्चेक्राई गर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने निति सरकारले ल्याउन लागेको छ ।
सरकारको सफल क्रियासिलताको कारण अहिले देशमा ‘आर्थिक बृद्धीदर ६ प्रतिशतले बढेको छ ’ मन्त्रि अधिकारीले दाबि गरे । दोलखाको सदरमुकाम चरिकोटकोे सम्भावना हेरेर एरपोट बनाउन सरकार लागी पर्ने मन्त्रिले बचन बद्धता जाहेर गरे ।
नेपाली कांगे्रस दोलखाका नेता ईश्वर मान्नधरले सरकार विकासका काममा निकम्ब भएको आरोप लगाएपछि मन्त्रि अधिकारीले अधिकांश समय प्रतिपक्षदल नेताको खण्ड गर्न समय खर्चिएका थिए ।
खाडिचौर –चरिकोट सडक ५४ किलोमटिरमा गाडी गुड्न १० घण्टा लाग्ने गरि सडक बिर्गीएकोले एक बर्ष सम्म कुम्भकर्ण को निन्द्रामा परि माननिय सभासद,मन्त्रिहरुको सडक बनाउने तर्फ ध्यान नगएकोमा जनताले चर्को बिरोध गरेपछि नेताहरुले ओठे जवाफ दिन बाध्य भएका थिए ।
राष्ट्रिय विभूती शंखधर साख्वाको सालिका निमार्ण उपभोकता समितीका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका प्रतिनिधि सभासद पार्वत गुरुङ,प्रदेश सभाका सभासद पशुपति चौलागाई, नेपाली कांगे्रसका नेता ईश्वरनारायण मानन्धर,नगरप्रमुख भरत केसीले राष्ट्रिय विभूती शंखधर साख्वाले मुलुकमा खेलेको भुमिकाका बिषयमा प्रकाश पारेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *