
दोलखा १ मंसिर । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम पूर्व प्रधान मन्त्रि पुष्पकमल दहाल प्रचण्डले देश जुन गतिमा विकास हुनु पर्ने थियो त्यसमा बे्रक लागेको स्वीकारेका छन।
दुई पार्टी मिलनबाट प्रतिक्रियावादीहरु आतंकित भएको समयमा पार्टीका सम्पूण तह तप्का मिलाउन समय खर्चिदा देशमा सोचे जति विकास हुन नसकेको प्रष्ट पारेका छन ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम प्रकाश स्मृती कपको उद्घाटन गर्न आईपुगेका प्रचण्डले नेकपा दोलखाका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रमुख नेता तथा मन्त्रिहरुको विदेश जाने होडबाजीका कारण विकास कमी हुनुले जनमासमा आलोचना भईरहेको बताए ।
‘तपाईंहरूलाई नेताहरूमा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुंगिएको हो कि भन्ने लागेको हुनसक्छ,’ त्यो नसम्झन आग्रह समेत गरे । प्रचण्डले दोहोराउदै भने“‘विवादका कारण ढिलो भएको होइन । ” तीन महिनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने तय गरे पनि प्राविधिक कारणले ढिलाइ भएको उनले बताए ।
दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो चरण प्रधानमन्त्रीजीको स्वास्थ्यमा समस्या भएपछि पनि केही दिन ढिलो भयो । दुई जना अध्यक्ष बसेर मंसिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुंग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुंग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुंग्याउने ढंगले जाने कुरा भएको छ,’ दाहालले भने ।
‘कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन,’ दाहालले भने, ‘थोरै ढिलो भयो, नमीठो त भएको छ । तर विवाद छैन ।’ उनले जनमानसमा सरकारको केहि आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको बताउँदै सरकारको कामको बचाउ गरेका थिए ।
रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगिता कार्यक्रममा दोलखा लगायत देशभरका ११ समुहको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि १० लाख रहेको आयोजकले बताएको छ । खेल उद्घाटनका लागि उनि हेलिकप्टर मार्फ दोलखा आएका हुन् ।
Leave a Reply