
सुजन काप्mले
दोलखा १ मंसिर । योङ्ग स्टार डान्सकोे टप १० पछिको प्रतियोगीता दोलखाको सदरमुकाम चरिकोटबाट प्रारम्भ भएकोछ । सो प्रतियोगिताको प्रतिनिधि सभाका संसद पार्वत गुरुङले पानसमा बत्ति बालि उद्घाटन गरेकाछन ।
योङ स्टार डान्स कम्पिटिसन सिजन – ७ को टप १० मा पर्न सफल दोलखाको गौरीशंकर गाउँपालिका – ७ मार्वुका १३ वर्षीय टँसी शेर्पा को भोटिङको लागी सो कार्यक्रम दोलखा सदरमुकाममा राखएिको हो ।
जनता टेलिभिजनमा बुधबार ८ः४५ बजे प्रसारण हुने ‘रियालिटी सो’ योङ्ग स्टार डान्स कम्पिटिसनमा देशभरबाट छानिएका २२ जना प्रतियोगी मध्ये १२ जनालाई आफ्नो नृत्य कौशलले उछिन्दै शेर्पा टप १० मा पुगेका हुन्।
शेर्पालाई योङ्ग स्टार डान्सका विजेता बन्न अब नृत्य संगसंगै भोटको समेत आवश्यकता पर्ने भएकोले यो कार्यक्रम दोलखामा गरेको हो । उहाँका अनुसार टँसीलाई थ्क्म्)ज्ञज्ञ टाईप गरि ल्त्ऋ, ल्ऋभ्ीी बाट घडण्ण्ण् मा ःभककबनभ सेन्ड गर्नुपर्नेछ ।
चरिकोट स्थित द(राईजिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत टँसिले स्थानीय स्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाएर आफ्नो नृत्य कौशल देखाईरहेकै हुन्छन् । तर पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिई टप १० मा पर्न सफल टसिलाई आगामी दिनमा सम्पुर्ण दोलखालीहरुले भोटीङ मार्फत अगाडि बढ्न सहयोग गर्नुपर्ने हुन्छ। योङ्ग स्टार डानडी कम्पिटिसनका प्रतियोगी टँसीलाई कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म भोट गर्न सकिनेछ।
भोटिङका लागि सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेको द(राईजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल उपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
Leave a Reply