राजेश बस्नेत
दोलखा, १ मंसिर । चर्चित सेलो गायक अमृत लामाको नेपाली कांगे्रस दोलखाको पार्टी कार्यालयमा अन्तिम श्रदान्जली गर्दै दाहसंस्कार गरिएकोछ ।
दोलखाका प्रतिनिधि तथा प्रदेश सभाका संसदहरु पार्वत गुरुङ,पशुपति चौलागाई, बिशाल खड्का,पूर्व पर्यटन मन्त्रि आनन्द पोखरेल,पूर्व भौतिक तथा योजना राज्य मन्त्रि देबि खड्का,जिल्ला समन्वय समिती दोलखाका अध्यक्ष डबल पाण्डे ,कांगे्रस नेता सन्तोष रिमाल, बर्मा लामा,ईश्वर मानन्धर,उदव काप्mले लगायत सयौ नेपाली कांगे्रसका नेता तथा कार्यकर्ताले फुलमाला ,खादा ओढाई अन्तिम श्रदान्जली अर्पण गरेका छन ।
दोलखाको विगु गाउँपालिका स्थित बुलुङमा आफ्नै ट्याक्टरले किचेर सेलो गायक तमाङको मृत्यु भएको थियो ।
सुक्रबार बिहान करिव १० बजे ढुंगा लोड गरी विगु ३ स्थित भिरामुनी तर्फ लिएर जाँदै गर्दा लु ३ त ९७२३ नम्बरको ट्याक्टरले किचेको दोलखा प्रहरीले जनाएको छ । साँघुरो बाटोमा ट्याक्टर पल्टिन लागेपछि ट्याक्टरबाट झरेर भाग्न लागेका लामालाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेका विगु गाउँपालिका ४ का वडा अध्यक्ष बुक्तम तामाङले जानकारी दिए ।
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहेका लामा आँफै ट्याक्टर साहु रहेको बताईएको छ । उनले दर्जनौं तमाङसेलो गित लेखेका तथा गाएका छन् ।
Leave a Reply