चरिकोट । मानिसको शरीरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ ।
त्यस्तै पछिल्लो समय अलि रमाइलो पारामा शरिरलाई फिटनेस राख्ने तरिका अर्थात क्लासहरुको विकाश हुदै गइरहेको छ । रमाइलो ढंगले शरीरलाई फिटनेस राख्ने मध्ये जुम्बा डान्स फिटनेस पनि एक मानिन्छ।
चार वर्षसम्म दोलखा सदरमुकाम चरिकोटमा जुम्बा डान्स फिटनेस क्लास गराइ सकेका राजन बुढाथोकीले पनि हालसालै आफ्नै जुम्बा क्लास सञ्चालनमा ल्याएका छन्।
लिटल प्रिन्सि एण्ड प्रिन्सेस दोलखा र मीस दोलखा जस्ता चर्चीत कार्यक्रम गरिसकेका ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष समेत रहेका बुढाथोकीले आफ्नै सुविधासम्पन्न हलमा जुम्बा डान्स सिकाउने जानकारी दिनुभयो ।
नृत्य कक्षको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले स्वस्थ जीवनका लागि मानसिक र शारीरिक रुपमै तन्दुरुस्त हुनुपर्ने भएकोले शारीरिक अभ्यास आवश्यक रहेको बताउनुभयो । “विकसित राष्ट्रहरुमा ठुलाठुला अस्पताल भन्दा नृत्य गृह, रंगशाला, योगशाला, बयामशाला, निर्माण गरिएको हुन्छ,” उहाले भन्नुभयो ।
जुम्बा,क्लासीकल नृत्य, योगा लगाएतका कक्षाले कला, संस्कृतिको मात्रै जगेर्ना नभई सिङ्गो मानव स्वास्थमा सकारात्मक उर्जाको विकास गर्ने ठोकुवा अध्यक्ष कार्कीले गर्नुभयो।
चरिकोट सडक विभाग नजिकै रहेको ब्राइट ईभेन्ट म्यानेजमेन्टको हलमा जुम्बासंगै क्लासिकल नृत्य, योगा र मोडलिङ कक्षाहरु समेत सञ्चालन हुनेछ।