अनाथलाई न्यानो कपडा

 चिरफार संवाददाता      बुधबार, कार्तिक २८, २०७५      0

दोलखा २८ कात्तिक । दोलखाको गौरिशंकर अनाथ बालगृहका बालबालिका लाई आज न्यानो कपडा बितरण गरिएको छ ।
भिेमेश्वर नगरपालिका २ पुर्खेउलि घर भएकी हाल अमेरिकामा बसोबास गर्ने पद्मा प्रधानले दिएको ५० हजार रुपैयाको बराबरको न्यानो कपडा एक कार्यक्रमका बिच बितरण गरिएको छ ।
अनाथहरुको सारथिका रुपमा परिचित उज्यालो भबिष्य नामक संस्थाका अध्यक्ष तथा बालअधिकारकर्मी राजन बस्नेतको पहलमा दोलखाको गौरीशंकर बालगृहका बालबालिकालाई सो न्यानो कपडा बितरण गरिएको हो ।
कार्यक्रममा दोलखा जिल्ला अदालतका न्यायधिस तेज बहादुर खड्काले बालगृहमा रहेका १९ जना बालबालिकालाई न्यानो कपडा बितरण गर्नु भएको थियो । न्यानो कपडा पाएसँगै बालबालिकाहरु खुसि भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।