
दोलखा, गौरीशंकर गाउँपालिका – ७ मार्वुका १३ वर्षीय टँसी शेर्पा योङ स्टार डान्स कम्पिटिसन सिजन – ७ को टप १० मा पर्न सफल भएको छ।
जनता टेलिभिजनमा बुधबार ८:४५ बजे प्रसारण हुने ‘रियालिटी सो’ योङ्ग स्टार डान्स कम्पिटिसनमा देशभरबाट छानिएका २२ जना प्रतियोगी मध्ये १२ जनालाई आफ्नो नृत्य कौशलले उछिन्दै शेर्पा टप १० मा पुगेका हुन्।
शेर्पालाई योङ्ग स्टार डान्सका विजेता बन्न अब नृत्य संगसंगै भोटको समेत आवश्यकता पर्ने भएको बुबा निमा शेर्पाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार टँसीलाई YSD_11 टाईप गरि NTC, NCELL बाट 38000 मा Message सेन्ड गर्नुपर्नेछ ।
चरिकोट स्थित द-राईजिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत टँसिले स्थानीय स्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाएर आफ्नो नृत्य कौशल देखाईरहेकै हुन्छन् । तर पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिई टप १० मा पर्न सफल टसिलाई आगामी दिनमा सम्पुर्ण दोलखालीहरुले भोटीङ मार्फत अगाडि बढ्न सहयोग गर्नुपर्ने हुन्छ। योङ्ग स्टार डानडी कम्पिटिसनका प्रतियोगी टँसीलाई कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म भोट गर्न सकिनेछ।
कार्यक्रम तथा भोटिङका लागि थप जानकारी दिन यहीँ मंसिर १ गते सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा भव्य सांगीतिक कार्यक्रम हुने बुबा निमा शेर्पाले जानकारी दिनुभयो।
विहान १० बजे देखि ४ वजेसम्म हुने कार्यक्रममा टप १० मा परेका सबै प्रतियोगीहरुले नृत्य देखाउनुका साथै लैवरी सिंगिङ स्टारका प्रतियोगीहरुले सांगीतिक माहोल तताउनेछन्।