सुजन काप्mले
दोलखा २६ कात्तिक । गाउँपालिका र प्रदेश सरकारलाई सहि दिशामा ढो¥याउन सरकारले बित्तिय आयोग गठन गर्न नसक्दा गाउँपालिका, वडा तह र प्रदेश सरकार अलमलमा रहेकोले संघियता असफल हुने अवस्था आएको पुर्बअर्थराज्यमन्त्रि एबं नेपाली कांग्रेसका युवा नेता उदयशमसेर राणाले बताए । यही कारण बर्तमान सरकार संघियताको कार्यान्वयन गर्न लागि गैरजिम्मेवार बनेको उनले बताए ।
तिन दिने निशुल्क सामुदायिक आँखा शिबिर तथा महिलाहरुको पाठेघरको चेकजाँच कार्यक्रमलाई उद्घाटन गर्दै पुर्बमन्त्रि राणाले संबिधानमा स्थानिय सरकारलाई सिंहदरबारको अधिकार दिएपनि संघिय सरकारले स्थानिय सरकारलाई सहयोग नगरेको बताए ।
राणाले भने “सरकारको काम गराई चुस्तदुस्त नभएको आरोप लगाउदै राणाले जनता करको मारमा पर्न बाध्य भएको ठोकुवा गरे । ”
नेपाल तरुण दल दोलखाका नेता एवम ह्याण्स फर नेपालका अध्यक्ष कुमार अधिकारी (रेखबहादुर)को पहलमा दोलखाका गाउँ गाउँमा मात्र नभई देश भर नागरिकको सेवामा लागेको मा आफुहरुलाई गौरव लागेको पुर्व अर्थराज्यमन्त्री राणाले बताए ।
बिशेष गरि आँखा र महिलाहरुको पाठेघर सम्बन्धि रोगहरुको अत्याधुनिक प्रविधिबाट उपचार गरि रहेकोे ह्याण्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । दोलखाको दक्षीणी गाउँहरु नाम्दु मिर्गे क्षेत्रपा काभ्रे जिरी नगरपालिका लगाएत तामाकोसी र बैतेश्वर गाउँपालिकालाई लक्षित गरि शिबिर आयोजना गरिएको छ ।
शिबिरमा बरिष्ठ आँखारोग बिशेषज्ञ डाक्टर कमल खड्काले आँखा परिक्षण गर्ने र विशिष्ट गाइनोलोजिस्टहरुले महिलाको पाठेघरसम्बन्धि रोगहरुको उपचार सुरु गरेको बैतेश्वर गाउँपालिका उपप्रमुख रविचन्द्र आचार्यले जानकारी दिए ।
उनले सबैभन्दा ठुलो सिबिर आयोजना गरिएकाले सिबिरबाट लाभान्वित हुन सबै गाउँपालिकाबासी सँगै अन्य दोलखालीलाई आग्रह गरेका हुन् । स्वास्थ्य शिबिरको ब्यवस्थान गाउँपालिका आफैंले गरेको छ भने अन्य वित्तिय व्यवस्थापनको काम ह्याण्स फर नेपालले गरेको छ ।
ह्याण्स फर नेपालले यस अघि पनि दोलखाका विभिन्न ग्रामिण बस्तीहरुमा सिविर आयोजना गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष अधिकारीले दोलखाली हरुको आवश्यकताालाई मध्यनजर गर्दै अन्य ठाउँहरुमा पनि स्वास्थ्य शिबिर आयोजना गरिएको जानकारी दिए ।शिबिरमा चार पाँचसय सर्वसाधरण नागरिकको सहभागीता रहेको छ । १३ जना डाक्टर सहितको टोली स्वास्थ्य शिबिरमा रहेका छन ।