विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा भब्य कल्चरल फेस्ट

 पब्लिक संवाददाता      आइतवार, अशोज २१, २०७५      0

राजन बस्नेत

दोलखा २१ असोज । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा पारि सदरमुकाम चरिकोटमा भव्य कल्चरल फेस्ट भएको छ।
’दोलखाली डान्स क्रु’ को आयोजनामा पर्यटकीय सुन्दर नगरी चरिकोट स्थित सातदोबाटो चोकमा भब्य ’कल्चरल फेस्ट’ भएको हो ।
जिल्लाको विविध संस्कृति र कलालाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रममा विभिन्न जातजातिका कल, संस्कृति झल्कने नृत्य र गायन प्रस्तुत गरिएको थियो।
त्यसै गरि कार्यक्रममा स्थानीय शब्द व्याण्डले आफ्नो धमकेदार प्रस्तुति समेत देखाएको छ।कार्यक्रमको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाको मेयर भरत बहादुर केसीले जिल्लाको कला, संस्कृति जोगाउन युवाहरुको भुमिका महत्त्वपूर्ण रहने बताए ।समृद्ध नगरको लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउदै केसीले नगरको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थीक बिकासका लागि युवाहरु जुट्नुपर्छ भने ।
“हरेक क्षेत्रमा नगलाई समृद्धि गराउने कार्यक्रम लिएर आउनुस सहयोग गर्न तयार छु।“ उनले भने, “म एक्लैले चाहेर समाज विकास सम्भव छैन्,तसर्थ सबैले मलाई साथ दिएँ मेरो कार्यकालमा समृद्ध भीमेश्वर बनाई छाड्नेछु।“
भीमेश्वर क्षेत्रका शीक्षा क्षेत्रमा सुधारका साथै विकासका लागि निशुल्क पोशाक, निशुल्क खाजा, लगाएतका विविध कार्यक्रम गरिएको बताउदै मेयर केसीले चरिकोट बजार क्षेत्रमा फुटपाथ र सडक बत्तीका लागि काम अघि बढिसकेको बताए।
चरिकोट कल्चरल फेस्टमा थामी, जिरेल, सुरेल, तमाङ, शेर्पा लगाएतका जातजातिहरुको संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो। आफ्नो पहिलो कार्यक्रम नै भव्य बनाउन सफल भएका “डान्स क्रु“ ले आगामी दिनमा पनि महत्त्वपूर्ण कार्यक्रमहरु गर्ने प्रतिबद्धता संयोजक विष्णु राज गुरुङले जाहेर गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।