राजन बस्नेत /सुजन काफले
दोलखा २१ असोज । प्राकृतिक स्रोतको दोहन नियान्त्रणका लागी जिल्ला बन कार्यालयले महत्वपूर्ण भुमिका खेलेको छ । तस्करीलाई कानुनी कार्वाही गर्दा केही हद सम्म प्राकृतिक स्रोतको दोहन नियान्त्रण भएको कार्यालयले दाबि गरेको छ ।
आईतबार पत्रकार सम्मेलन मार्फत कार्यालयले नदी जन्य पदार्थ क्रसरका नाममा गिटी बालुवा रोडा ढुङा दोहन भने ब्यापकरुपमा भएको सार्वजनिक गरेको छ ।
जिल्ला बन कार्यालय दोलखाका प्रमुख गोविन्द दाहालले सुनखरी र बन्य जन्तु शिकार तथा आखेटोपहार चोरी निकासी तिब्ररुपमा बेढेको र यसको रोकथामको लागी धेरै कसरत गरेको बताए ।
उनले भने भुकम्पको पिडितको नाम जिल्लाका धेरै स्थानमा फर्निचर,भेनिष्टर उद्योग बनेका कारण बन बिनाश भएकोे बताए ।
बन तस्करीलाई कानुनी कावर्ही गर्दा केही अप्ठ्यारो समेत झेल्नु समेत कार्यालय प्रमुख दाहालले तितो यथार्थ बताउनु भयो । बिगतका बर्षहरुमा भन्दा अहिले ५ प्रतिशत बन क्षेत्र बढेको समेत उनले बताए ।