८६ प्रतिशत भुकम्पपिडित आवास निमार्णमा

 पब्लिक संवाददाता      मङ्लबार, अशोज ९, २०७५      0

सुजन काफ्ले
दोलखा ९ असोज । राष्ट्रिय पुन निर्माण प्राधिकरण दोलखाले भुकम्पपिडित लाभग्राहिमा परेका ८६ प्रतिशत भुकम्पपिडितले आवास निमार्ण सम्झौता गरेको जनाएको छ ।
जिल्लामा रहेका कुल सत्तरी हजार ७०८ जना मध्ये साठी हजार ८२० जनाको भुकम्पपिडित लाभग्राहिले आवास निमार्ण सम्झौता गरेको हुन ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण दोलखा कार्यालय प्रमुख निर्मल दर्शन आचार्यले पहिलो किस्ता सन्ताउन हजार ४२१ जनाले सरकार बाट र उन्नाईसय १९ विभिन्न संघसस्था बाट लिए जनाएकाछन ।
आचार्यले भन्नु भयो दोस्रो किस्ता सट्चालिस हजार ६०६ जनाले सरकार बाट र दुई हजार ८२ जनाले विभिन्न संघसस्था बाट लिएका बताउनुभयो । उहाँले तेस्तै तेस्रो किस्ता सैतिस हजार ५०४ सरकार बाट र दुईहजार ५६ जनाले विभिन्न संघसस्था बाट लिएका समेत बताउनुभयो ।
पहिलो किस्ता सरकार बाट लिइ ,दोस्रो र तेस्रो किस्ता विभिन्न संघसस्था बाट लिएका कारणले संघसस्था बाट पहिलो किस्ता लिने कम भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो।
आचार्यले प्रष्ट पार्दे भन्नु भयो “पछिल्लो समयमा लाभग्राहीहरु घट्दो अबस्थामा रहेको र गुनासोको हकमा गुनासोको सम्बोधन गर्ने कार्यक्रम अझै सकिएको छैन ।”
उहाँले अहिले सम्पुर्ण अधिकार स्थानीय तहमा गइसकेको र स्थानिय तहबाट प्रमाणित भइ सिफारिस गरिएका गुनासोलाइ केन्द्रमा पठाइदिने गरेको बताउनु भयो ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।