यौनजन्य हिंसा विरुद्धको अभियानमा दोलखा प्रहरी

 पब्लिक संवाददाता      शनिबार, अशोज ६, २०७५      0

राजन बस्नेत
दोलखा ६ असोज । बालबालिका र किशोरीहरु विरुद्ध हुने यौनजन्य हिंसा विरुद्धको १५ दिने विशेष अभियान दोलखाको सदरमुकाम चरिकोटमा शनिबारबाट सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखाको आयोजनामा यौन हिंसा अपराध हो,सहेर नबसौं अपराध नलुकाऔ.भन्ने मुल नाराका साथ शनिबारबाट सुरु भएको हो ।
दोलखा को बिद्यालयहरुमा गइ आठ बर्ष देखी १२ बर्ष उमेर समुह का बालिकाहरु र १२ बर्ष देखी १९ बर्ष उमेर समुह का किशोरीहरुमा आश्विन २० गते सम्म विशेष अभियान संचालन गर्ने प्रहरी नायब उपरीक्षक बासुदेव पाठक ले जानकारी दिए ।
दोलखा जिल्ला लाई बालबालिका तथा किशोरी माथी हुने हिंसालाई निराकरण गर्न का निमित्त आ आफ्नो क्षेत्रबाट सक्रिय रूपमा लागी पर्नुपर्ने भदै बालबालिका र किशोरीहरुमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गाउँ , टोल , बस्तीबस्तीमा पुराउने प्रहरी नायब उपरीक्षक पाठकले जानकारी गराए ।
नेपाल सरकार ले यौन जन्य हिंसा र यौनदुर्ब्यहार गरेमा तिन बर्ष सम्म कैद वा ३० हजार जरीवाना वा दुबै सजाय को ब्यबस्था गरेको छ भने जबर्जस्ती करणी ठहरिएमा १० बर्षभन्दा मुनिका बालबालिका भए १६ बर्ष देखी २० बर्ष सम्म कैद , १० बर्ष देखी १४ बर्ष भन्दा कम उमेर का बालिका भए १४ देखी १६ बर्ष सम्म कैद ,१४ बर्ष देखि १६ बर्ष भन्दा कम उमेर का बालिका भए १२ देखी १४ बर्ष सम्म कैद , १६ बर्ष देखी १८ बर्ष भन्दा कम उमेरका बालिका वा महिला भए १२ बर्ष देखी १२ बर्ष सम्म कैद र १८ बर्ष वा १८ बर्ष भन्दा बढी उमेर का महिला भए ७ देखी १० बर्ष सम्म कैद हुने छ भने पति ले पत्नी को इच्छा बिपरित शारीरिक सम्बन्ध राखेमा समेत ५ बर्ष कैद सजाय र हाडनाता सम्बन्ध भएमा माथी उल्लेखित करणि सजाय मा थप सजाय को ब्यबस्था रहेको छ

।कार्यक्रममा भिमेश्वर नगरपालिका का को उपमेयर कामला बस्नेत ले घटना को सहि छानमिन गरेर दोसि लाइ कारबाही को कटघरामा ल्याउ सम्बन्धित सरोकारवाला निकाय तदरुपता साथ अधि बढ्नुपर्ने बताउँदै पीडित महिला , बालबालिका लाई राख्ने सुरिक्षत आवास गृह निर्माण गर्न आवश्यक रहेको भन्दै यस बिसय मा सरोकारवाला निकाय ले गम्भीरतापुर्ब सोच्नु पर्ने बेला आएको धारणा व्यक्त गरिन ।
दोलखा का नागरिक अगुवा होम पाठक ले बालबालिका माथी हुने यौन जन्य हिंसा लाई निरुत्साहित गर्न का निम्ति समाज मा चेतना मुलुक कार्यक्रमहरु को आयोजना गर्नुपर्ने र बालबालिकाहरु , अभिभावक , शिक्षक , र युवाहरुलाइ नेपाल को कानुन बारे जानकारी गराउनुपर्ने धारणा बेक्त गर्दै आगामी दिनहरूमा हामी स्वयं सजग र सचेत रहनुपर्ने स्पष्ट पारे । अल्पाइन पब्लिक स्कुल चरिकोट कि विद्यार्थी छात्र इबिका नेपाली ले बालबालिका माथी हुने हिंसा र यौन दुर्ब्यवहार लाई न्यूनीकरण गर्न का निम्ति ब्यबहारिक शिक्षा लाई जोड दि शैक्षिक क्षेत्रमा विशेष लगानी गरि सरकार ले बालबालिका सम्बन्धि अतिरिक्त क्रियाकलाप गराउन विशेष कार्यक्रमहरु ल्याउनु पर्ने बताइन् ।
प्रस्तावित चरिकोट अस्पताल का डा बिनोद दङ्गाल ले बालबालिका मा हुने यौनजन्य हिंसा र दुर्ब्यबहार बढ्दै गएको भन्दै अस्पताल मा तेस्ता खाले घटना को चाप बढेको जानकारी गराए ।
पबित्रा श्रेष्ठ ले आफु माथी भएको यौन हिंसा सम्बन्धि आफ्नो साहस को बारेमा कार्यक्रममा सहभागी रहेका बेक्त्तित्व हरुलाइ आफुले गरेको व्यबहार का बारेमा जानकारी दिइ आफु माथी आइलाग्ने बेक्ति लाई कानुनी कटघरमा उभ्याउन सफल रहेको बताउँदै किशोरीहरुलाई पनि यौन हिंसा डटेर सामना गर्न आग्रह गरिन
विद्यार्थीहरु , सरकारी तथा गैरसरकारी संघ सस्था का प्रमुख तथा प्रतिनिधिहरु शिक्षक , बुद्धिजीबी , र जिल्ला प्रहरी कार्यलय दोलखा मा कार्यरत कर्मचारी हरुलाइ अभिभावक सचेत हुनुपर्ने कुराहरू , बालबालिका र किशोरीहरु स्वयं कसरी आफैं सुरक्षित रहने ,यौन दुर्ब्यवहार भनेको के को ? कस्ता व्यबहार यौन दुर्ब्यवहार भित्र पर्दछ्न , यौनदुर्ब्यवहार वा यौन हिंसा गरेमा हुने कानुनी सजाय , जबर्ज्स्ति करणी भित्र कस्ता व्यबहार गरेमा करणि ठहरिन्छ भन्ने विषयमा जानकारी समेत गराइएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।