सरकार सग न्याय माग्दै दोलखाका अधिकारकर्मी

 पब्लिक संवाददाता      शनिबार, भदौ ३०, २०७५      0

दोलखा ३०, भाद्र । निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा आज गरिएको प्रदर्शन कार्यक्रममा बाल तथा युवा अधिकारकर्मी राजन बस्नेत ले बालबालिका को हक , अधिकार र संरक्षण मा सरकार गम्भीरता पुर्बक नलागे को बताउदै निर्मला जस्ता हजारौं नेपाली दिदिबहिनी , आमाहरू ले न्याय नपाए को धारण बेक्त गर्दै उनले भने प्रधानमन्त्री ज्यु ले निर्मला हत्या घटनाका सम्बन्धमा बोलेको कुरा गैरजिम्मेवार अभिव्यक्ति हो ! निर्मलाको बलात्कारी/हत्यारा पत्ता लगाउने कुरा उहाँको प्राथमिकतामा देखिएन ! बरु अरु आरोपीको चिन्ता पो लागेछ उनलाई ? जिम्मेवार पदमा वसेका व्यक्तिका यस्ता गैरजिम्मेवार कुराले यो घटना झन झन रहस्यमय बन्दै गएको छ । आदर्श छाट्नु भन्दा केही काम गर्ने हो कि सम्मानिय प्रधानमन्त्रीज्यु ? तेस्तै महिला अधिकार कर्मी सिर्जना कार्कीले निर्मलाको न्यायका निम्ति जस्तोसूकै परिस्थीतिको सामना गर्न आफु तयार रहेको बताउनु भएको छ । कार्कीले किशोरीहरुले गाउँ, घर, सहर, बजार जुन सुकै ठाउँमा पनि आफु सुरक्षित भएको महसुश गर्न नपाएको प्रति दुख व्यक्त गर्नुभयो । सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर नबसौँ न्याय मर्न नदिउँ र मौन बसेको सरकार किन बढ्दैछ बलात्कार जस्ता विषय लेखिएका प्ले काड बोकी सिठ्ठि फुक्दै गरिएको प्रदर्शनमा अधिकारकर्मी, बाल क्लब, दोलखा डान्स कृयु लगायतका सहभागिता रहको थियो । कार्यक्रममा निर्मलाका निम्ति न्याय अभियान कि संयोजक विमला बुढाथोकी, बाल सन्जाल दोलखा कि सचीव रेजिना उपे्रतिले मन्तव्य राख्नुहुँदै नेपालमा दिनहुँ झै भैरहको बलात्कारको घटनाप्रति दुख व्यक्त गर्दै तत्काल दोषि पत्ता लगाई कानुनको कठघरामा उभ्याउनु पर्नेमा जोड दिए का थिए । हत्यारा लाई फासी दे , मान्छे मार्न पाइदैन , के पि सरकार मुर्दावाद , हत्यारालाइ कारबाही गर , निर्मला हत्या कान्ड को निस्पक्ष छान बिन गर , सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर नबसौँ न्याय मर्न नदिउँ र मौन बसेको सरकार किन बढ्दैछ बलात्कार जस्ता विषय लेखिएका प्ले काड बोकी सिठ्ठि फुक्दै सरकार को बिरोध जनाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।