क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको काम अलपत्र

 पब्लिक संवाददाता      शनिबार, भदौ ३०, २०७५      0

दोलखा ३० भदौ । दोलखाको उत्तरी क्षेत्रको मुख्य ब्यापारिक केन्द्रका रुपमा परिचित सिंगटीमा संचालित एक मात्र क्रसर बन्द हुदा पूनर्निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको काम समेत अलपत्र परेको हो ।

कालिञ्चोक गाउँपालिका वडा नं ४ बाट एक्कासी बन्द गर्न पत्रचार भए पछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम ,दोलखा सिंगटी सडक निमार्णका काम,भुकम्प पिडितको आवास निमार्ण काम,र एडिबिबाट दजनौंको संख्यामा बिद्यालय निमार्ण भई रहेका काम अलपत्र परेको हुन ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजना निमार्णको काम गरि रहेको सिनोहाईड्रो कम्पनीको सव कन्ट्रयाटरको क्रसर बन्द गराए पछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ । दशैंको मुख आएर क्रसर बन्द गरि विकास निमाणर््को को काममा असर नपुराउन नागरिकले गाउँपालिकालाई आग्रह गरेकाछन । मन्त्रिपरिसदले गरेका निर्णयको अवज्ञा नर्गन जनप्रतिधिहरुलाई ठेकदार कम्पनिले अनुरोध गरेको छ ।
नियम कानुन कस्तो बनाउने हो गाउँपालिकाले बनाई कुनै पनि बाहानामा जनताको काम रोक्न नमिल्लने भनी जनगुनोसो बढ्दो रुपमा आईरहेको छ । राज्यलाई आर्थिकरुपमा मजबुत बनाउन अग्रसर हुदै राष्ट्रिय गौरवका आयोजनाको काम , भुकम्मपिडितको आवास निमार्णको काममा असर नपुराउन नागरिक समाज दोलखाले अपिल गरेको छ ।
बालुवा, गिटी जनतालाई सहज र सरलरुपमा पाउन पर्दछ नागरिक समाजका अगुवा बलराम शिवाकोटीले भन्नु भयो । उद्योग बिभागमा दर्ता भएर संचालनमा रहेका अथवा दर्ताको प्रक्रियामा पुरा गर्न लागेका क्रसर उद्योगलाई बैधानिकता दिई कानुन संवत संचालन गर्न शिवाकोटीले गाउँपालिकाहरुलाई आग्रह गर्नुभएको छ ।
यता, गाउँपालिकाले ठेक्कामा असर नपरोस भन्ने उदेश्यले ठेक्का बिट् हुने समयवाधि सम्मलाई संकलन र निकासीमा रोक लगाएको गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागाईले जानकारी दिनु भयो । प्रदेश सरकारले तोकेको दर रेट अनुसार एक घनमिटर संकलन र निकासी गर्दा कुल ३ सय १८ रुपैया लाग्ने कारण बिगतको बर्षमा पनि ठेक्कामा लगाउन नसकेको बास्तविक यर्थथाता प्रमुख प्रशासकीय अधिकृत हुमागाईले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।