चरिकोट । दोलखा निर्माण व्यवसायी संघमा लोकतान्त्रिक समुहको बर्चस्व पुनः कायम राख्दै शम्सेर घिसिङ अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।
विहीबार सदरमुकाम चरिकोटमा भएको संघको ७ औँ अधिवेशनले घिसिङको अध्यक्षतामा १७ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा राजेश कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, सुर्य बहादुर आचार्य प्रथम उपाध्यक्ष, दावसांगे शेर्पा द्वितीय उपाध्यक्ष, राजु लामा तृतीय उपाध्यक्ष, राजेश थापा माहसचिव, शुरेस थापा सचिव, कृष्ण बहादुर दहाल कोषध्यक्ष, इन्द्र कुमार श्रेष्ठ सह–कोषध्यक्ष, विष्णु प्रसाद उप्रेती वरिष्ठ सदस्य र सदस्यहरुमा लाल बहादुर तामाङ, रोशन श्रेष्ठ, राजु रीमाल, सोम बहादुर उप्रेती, गणेश बहादुर थापा र महिला सदस्यमा विना अधिकारी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक बद्री कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिमा लोकतान्त्रिक प्यानलका पदाधिकारी तथा सदस्यहरुको बर्चस्व रहेको छ ।
सहमतिमै अघि बढ्ने भन्दै दिनभरी सहमतीका प्रयास भएपनि सहमतिमा पुग्न नसक्दा साझा पख लोकतान्त्रिक गठबन्धको प्यानलनै मैदानमा उत्रेको थियो।
मनोनयन पत्र अनुसार कुनैपनि पदहरुमा विरोध नपरि प्रत्येक पदहरुमा एकएक जना उमेदवारहरुको मात्र उमेद्वारी पर्न आएकोले सवै पदाधिकारी एवम् सदस्यहरुलाई निर्विरोध विर्वाचित घोषण गरीएको निर्वाचन मण्डले जनाएको छ ।
विधानअनुसार संघमा पदाधिकारी तथा सदस्यहरु गरी जम्मा २२ जना हुनुपर्नेमा दावी गर्न आएका केहि पदाधिकारी तथा सदस्यहरुको बिधान अनुसारको मापदण्ड नपुगेकाले कार्यसमितिको आगामी बैंठकलै बाकी पाँच जना समेत थप्ने जानकारी नवनिर्वाचित माहसचिव राजेश थापाले दिनुभयो ।
निर्वाचित सबैलाई पद तथा गोपनीयताको सपथ गराई प्रमाणपत्रका साथ सम्मान तथा बधाई ज्ञापन गरिएको निर्वाचन संयोजक श्रेष्ठले प्रष्ट पार्नुभयो।