राजन बस्नेतको पहलमा माझी परिवारले पाए राहत

 पब्लिक संवाददाता      शनिबार, भदौ १६, २०७५      0

तामाकोसी गाउँपालीका वडा न १ भिरकोट का सुकुम्बासी माझी को परिवार ले राहत सगै सेयर हाल्न पाउने भएका छन ।
पत्रकार राजन बस्नेत ले मध्यान्ह राष्ट्रिय दैनिक को श्रावण २९ गतेको पृष्ठ ३ मा सहयोग को खोजीमा माझी परिवार शीर्षक मा लेखेको समाचार हेरी छोरोल्पा हस्पिटल दोलखा का संचालक एबम समाजसेवी पृथ्वी बहादुर श्रेष्ठ ले दानबहादुर माझी का ५ जना को परिवार लाइ माथिल्लो तामाकोसी जलविद्युत आयोजना को सेयर ५ हजार का दरले रु २५ हजार को चेक हस्तान्तरण गर्दै पृथ्वी बहादुर श्रेष्ठ कि श्रीमती इन्दिरा श्रेष्ठ ले माझी परिवार लाइ सेयर हाल्ने बाताबरण सिर्जना गरिदीए , भने साथमा खाद्यान्न का दैनिक उपभोग्य सामाग्री चामल ,तेल , चिनी , दाल , जिरा लगायत को सामाग्री समेत बितरण गरेकि थिइन ।

तेसैगरी दोलखा सामुदायिक हस्पिटल का संचालक प्रमुख एबम समाजसेबि अमृत बहादुर बुढाथोकी ले बालबालिका शिक्षा को घाम बाट बन्चित नहुन भन्ने उदेश्य का साथ दानबहादुर माझी का ३ छोरीहरुलाइ स्कुल झोला र १० दर्जन कपि ,१० दर्जन पेन्सिल , १०र१० दर्जन इलेजर र कटर लगायत को स्टेशनरी सामाग्री हस्तान्तरण गरेका छ्न उनले भिमेश्वर नगर पालिका का अति बिपन्न र अभिभावक बिहिन १ बालक र एक बालिका लाई रु पाँच हजार का दर ले माथिल्लो तामाकोसी को सेयर हाल्न का लागी सहयोग गर्ने र २ बालबालिकाहरु छ्नोट गर्न बालअधिकार कर्मि राजन बस्नेत लाई जिम्मेवारी दिएको हस्पिटल प्रमुख बुढाथोकी ले जानकारी दिए ।
यता भिमेश्वोर नगरपालिका वडा न स् ७ मकैबारी कि हाल युके मा बस्दै आएकि पेमा तामाङ ले राजन बस्नेत को पहल मा दानबहादुर माझी का परिवार लाइ १० हजार बराबर को लुगा सहयोग गरेकी छिन भने यो भन्दा अघि तराईका बाढि पीडित लाई समेत उनले आफु बाहिर रहे पनि नेपाली बिपत्ति मा पढ्दा समेत सहयोग गरेको बताउछिन् भने आगामी दिनहरूमा समेत आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता बेक्त गर्छिन ।
तामकोसि गाउँपालिका वडा न स् १ भिरकोट का वडा अध्यक्ष महेश्वर काफ्लेले दानबहादुर माझी को परिवार लाइ सहयोग गरेर ठुलो पुन्य को काम गरेको बताउदै सानो सानो सहयोग ले एकघर परिवार मा ५ जना को भबिस्य उज्ज्वल हुने भन्दै सहयोगी हातहरुलाइ धन्यवाद दिदै विशेष धन्यवाद बालअधिकार कर्मि एबम पत्रकार राजन बस्नेत दिदै निरन्तर सहयोग को अपेक्षा समेत गरे उनले भने दानबहादुर माझी को जग्गा नभएको कारण उनको घर बन्न सकेको छैन तर अब जग्गा खोजेर उनको घर निर्माण गर्न वडा कार्यलय तदरुपता का साथ लाग्ने स्पष्ट पारे ।
यता दानबहादुर आफ्नो परिवार ले तामाकोसि जलविद्युत आयोजना को सेयर हाल्न पाउने भए पछि उनको आखा बाट खुशीको आशु झरेको थियो । मैले सेयर हाल्न पैसा माग्दा कसैले पत्याएनन उल्टो बहुला भनेर लखेटे , उनि गहभरी आसु पार्दै भन्छन् गरिब को नि दिन आउदो रहेछ मेरा नानीहरु ले राम्रोसँग पढ्न पाउने भए शरीरमा एक सरो राम्रो लुगा पर्ने भयो धन्यवाद छ सहयोगी मनहरुमा र त्यो दिन हाम्रो परिवार को तस्वीर खिचेर लाने राजन बस्नेत भाइलाई । उनको आखा बाट बलिन्धरा आशु को धारा झर्छ ।
कार्यक्रम मा तामाकोसी गाउँपालिका वडा न स् १ भिरकोट का वडा अध्यक्ष महेश्वर काफ्ले , समाजसेबि इन्दिरा श्रेष्ठ , अमृत बहादुर बुढाथोकी , उमेस कार्की , बालअधिकार कर्मि एबम समाजसेवि राजन बस्नेत लगायत स्थानीय बासिन्दा को उपस्तिथि रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।