असफल बनाउन कर्मचारी लागी परेको माननिय गुरुङको आरोप

 पब्लिक संवाददाता      शनिबार, भदौ १६, २०७५      0

दोलखा १६ भदौ । जनप्रतिनिधिहरुलाई असफल बनाउन कर्मचारीहरु लागी परेको माननिय संसद पार्वत गुरुङले आरोप लागाएकाछन । भ्रष्टचारमा लुप्त केही कर्मचारीका कारण विकास निमार्णका काम आर्थिक पारदर्शिता साथ अगाडी नबढाएकोले जनप्रतिनिधिहरुले विभिन्न आरोप झेल्नु परेको गुरुङले दाबि गरे ।
जनता माझ जनप्रतिनिधिहरुलाई विफल बनाउने दिवा सपना बोकेका कर्मचारहिरुलाई आफुले निगरानी गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाको नवौं साधारण सभाको उद्घाटन गदै माननिय संसद गुरुङले दोलखाका प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टचारमा संलग्न कर्मचारीको छानविन गर्न निर्देशन दिए । आगामी दिनमा प्रजिअ प्रति कुनै प्रश्न नउठाउने गरि सम्पूर्ण कर्मचारीलाई सचेत गराई अगाडी बढ्न गुरुङले अनुरोध समेत गरे ।
माननिय संसद गुरुङले घुमाउरो शैलीमा पत्रकारहरुलाई जनप्रतिनिधिहरुले गरेका कामको सकारात्मकरुपमा कलम चलाउनु अनुरोध गरेका थिए । नकारात्मक सन्देशले सम्वृद्ध दोलखा निमार्ण हुदैन गरुङले भने “जनप्रतिनिधिहरुलाई उत्साह दिनु मनोबल उच्च हुदा मात्र राम्रो काम हुनेछ ।”
यता भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले नगरपालिकाले करको दर होइन दायरा बृद्धी गर्ने खोजेको बताउदै जनतालाई अहित हुने केही विषय छन भो संशोधा गर्ने प्रतिबद्धता जाहेर गरे । तत्कालै भिमेश्वर नगरपालिकाको समन्वयमा जिल्लाको एक अस्पतालमा आसयिुको ब्यबस्था गर्ने लागेको मेयर केसीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाको नवौं साधारण सभाको उद्घाटन समारोहलाई नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगर , महासंघका केन्द्रिय कोषध्यक्ष राजेश मिश्र,प्रजिअ सागरमणी पाठक, बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामा, बिगु गाउँपालिका प्रमुख युधिष्ठीर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धरिका काप्mले, नेपाल प्रेस युनियन बागमति बिशेष क्षेत्र संयोजक रमेश खतिवडा नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका महासचिव राजन गाउँले , नेपाल पत्रकार महासंघका रामेछापका अध्यक्ष रमेश ढुङगेल लगायतले सम्बोधन गरेका थिए । नवौं साधारण सभाको अध्यक्षता जिवन लामाले गरेका थिए ।सोही समारोहमा नेपाल पत्रकार महासंघका दोलखाका गतिबिधि समेटिएका पुस्तक समेत बिमोचन गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।