दोलखा, ११ भदौ । भीमेश्वर नगरपालिका ७ बाट जिल्ला प्रहरी कार्यालय दोलखाले एकजनालाई सालकको खपटासहित पक्राउ गरेको छ ।
भीमेश्वर नगरपालिका ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटासहित सोमबार भीमेश्वर नगरपालिका ७ भुलभुलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बरामद गरिएको सालकको छालासहितको खपटा २७ इन्च लम्बाइ र ३८० ग्राम छ ।
विशेष सुराकीको आधारमा प्रहरीको विशेष टोलीले संरक्षित जनावर सालकको पुच्छर, छाला र नङ्ग्रासहितको खपटा बरामद गरेको हो । व्यापार गर्ने उद्देश्यले बोकी हिँडेको उअवस्थामा उनी पक्राउ परेका हुन् ।
आफूले ३ वर्षअघि घरनजिकै आएको सालकलाई लठ्ठीले हानेर मारेको र मासु समेत खाएको स्वीकारेका छन् । उनले सालकको छाला बिक्री हुन्छ भन्ने थाहा पाएकोले लोभ लागेर मारेको पनि स्वीकार गरेको प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए ।