दोलखा १० भदौ । महिनौ दिन सम्म जिलु सडक अबरूद्ध भई दुःख पिडा भोगेका जिलुवासी नागरिकलाई पिडाबाट मुक्त बनाउन नेपाली कांगे्रस लागी परेको छ ।
लामो समय सम्म जिलु सडक अबरूद्ध हुदा भिमेश्वर नगरपालिका ४ कोे वडा सरकार कानमा तेल हालेर बसे पछि नागिरकको सेवामा नेपाली कांग्रेस सारथि बनेको हो ।
नेपाली कांग्रेस वडा समित ४को आव्हानमा जनताहरू जनता सो स्फूर्त उपस्थिति भइ करिब ३० मिटर सडक आजैबाट गाडि गुड्ने गरि निर्माण गरेको नेपाली कांगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाई बताउनु भयो ।
कुम्भकर्णको आसा नगरि दैनिक सयौको संख्याका सदरमुकाम चरिकोटमा तरकारी,चामल, दुध,दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती , हम्बर ,बेल्चा बोकेर कांगे्रस सडक बनाउन निस्किएकोले जनता आफैं जागेका हुन वडा सभापति चौलागाईले भन्नुभयो ।
“वडा सरकार ले बनाएको उपभोक्ता समितीले झाडा टार्ने गरि जिलु सडक मर्मत गरि ठुलो पैसा हिनामिना गरेको आरोप जनताले लगाई रहेको अवस्थामा जनताको सेवामा कांगे्रस लागी परेको हो ।”तरुण दलका नेता भोजराज चौलागाईले भने ।
नेपाली कांगे्रस जिल्ला कार्यसमिति सदस्य लोकशंकर चौलागाईले ढुङगा बोक्न आप्mनो ट्याक्टर, नेपाल टे्ड युनियान कांग्रेस दोलखाका अध्यक्ष रामजी प्रसाद चौलागाईले बाटो समभ्याउन आप्mनो जेसी भी, तरुण नेता भोजराज चौलागाईले आफ्नो डोजर निशुल्क प्रदान गरेपछि आजैबाट सडकमा गाडि गुड्ने गरि निर्माण गरेको नेपाली कांगे्रस भिमेश्वर नगरपालिका उपसभापति मोती प्रसाद चौलागाईले बताउनुभयो ।
नेपाली कांगेस दोलखाका नेता केशवराज चौलागाई, नेपाली कांगे्रस जिल्ला कार्यसमिति सदस्य लोकशंकर चौलागाई, नेपाल टे्ड युनियान कांग्रेस दोलखाका अध्यक्ष रामजी प्रसाद चौलागाई , नेपाली कांगे्रस भिमेश्वर नगरपालिका उपसभापति मोती प्रसाद चौलागाइ , तरुण नेता भोजराज चौलागाइ, नेपाली कांगे्रस नेता रविलाल चौलागाई, नेपाली कांगे्रस नेता महोन बस्नेत, नेपाली कांगे्रस नेता बिर बहादुर चौलागाईको पहलमा जनता सो स्फूर्त उपस्थिति भई सो सडक निमार्ण गरेका नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका सहसचिव डम्बर प्रसाद चौलागाईले जानकारी दिनु भयो ।