शुशासन र पारदर्शिताको लागि दोलखाको सहकारी ः मन्त्रि ढुङ्गेल

 पब्लिक संवाददाता      बिहिबार, भदौ ७, २०७५      0

दोलखा ७ भदौ । जलश्रोत र पर्यटनको हव मानिएको दोलखालाई पछिल्लो समय सहकारीको हवको रुपमा विकास गरिदै आएको छ ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री  कैलास ढुङ्गेलले सहकारीहरुले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनु पर्ने बताए ।
जिल्लाको सफल सहकारीहरुमा पर्ने मिलिजुली साकोसले बुधवार २५ औ बर्ष समापनको अवसरमा भवन सिलान्यास तथा मिलिजुली स्मृति पुस्तक विमोचन कार्यक्रममा मन्त्रि ढुङ्गेलले सो कुरा बताएका हुन । उनले सहकारीमा शुशासन र पारदर्शिता हेर्ने हो भने दोलखाको सहकारीहरुको अध्यन गर्नु पर्ने धारण व्यक्त गरे ।
महाभारत कालखण्डको हिस्सा, विदेशीले रुचाएको ठाँउ, जलश्रोत, पर्यटनको केन्द्र दोलखाको थप विकासको लागि सहकारीहरुले लगानि गर्नु पर्ने मन्त्री ढुङ्गेलको भनाई छ । सो अवसरमा उनले २५ बर्षे स्मृति पुस्तक मिलिजुली स्मृतिको विमोचन समेत गरेका छन् ।
दोलखामा सञ्चालित सहकारीहरुमध्य केहिले अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड तथा थुप्रै राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाई सकेका छन् ।२०६८ सालमा एक्सेस ब्राण्डको लागि प्रकृया सुरु गरेको मिलिजुलीलाई २०६९ मा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ठ सहकारी घोषणा गरेको थियो भने २०७१ मा नेप्सकुनले नेपालकै उत्कृष्ठ घोषणा ग¥यो ।
त्यसैगरी २०७१÷२०७२ मा आन्तरीक राजश्व कार्यालयले उत्कृष्ठ करदाताको सम्मान प्रदान गरेको थियो । २०७४ सालमा एक्सेसको ब्रोन्च ब्राण्ड पाएको मिलिजुली साकोसले अहिले सिलबर ब्राण्ड लिने तरखर गरिरहेको अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सांसद पार्वत गुरुङ, शान्ति पाख्रिन, पुर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, विशाल खड्का, सरस्वती वस्नेत, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेफ्स्कुनका अध्यक्ष डिवि वस्नेत, नेपाली कांग्रेस दोलखाका अध्यक्ष रुद्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका प्रस्तावित अध्यक्ष भीम दहाल, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुर्दशन कार्की, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
रजत महोत्सव समापनको अवसरमा दोलखाका सहकारी अभियन्ताहरु यज्ञराज ढुङ्गले, डिवि वस्नेत र गोकुलध्वज कार्की, मिलिजुली साकोसका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ तथा पूर्व अध्यक्ष गंगासागर श्रेष्ठ र कृष्णबहादुर दहाललाई सम्मान गरिएको थियो ।
२०५० साल भाद्र ७ गते २५ जना सेयर सदस्यले स्थापना गरेको मिलिजुली साकोसमा अहिले बालबचत सहित झण्डै २५ हजार सदस्य, कूल वासलात ८६ करोड, ५४ लाख ५४ हजार ६ सय ९२ रुपैया, सेयर पुँजी ७ करोड १० लाख, बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैया र ऋण लगानी ७१ करोड १९ लाख, ५५ हजार ९ सय ७० रुपैया रहेको मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले बताए ।
मिलिजुली साकोसले रजत महोत्सवको अवसरमा सिलान्यास गरेको भवन करिब ८ करोडको लगानिमा तीन बर्ष भित्र पाँच तलाको निर्माण गर्ने लक्ष्य रहेको उपाध्यक्ष कृष्णबहादुर गौतमले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।