चितुवाकाे छाला सहित चार जना पक्राउ

 पब्लिक संवाददाता      बुधबार, भदौ ६, २०७५      0

दोलखा ६ भदौ  । दोलखामा चितुवालाई पासो थापेर मारी छाला विक्रि गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ लेखखर्कका ४८ बर्षिय नारद सुनुवार, सोही स्थानका ३५ बेदवहादुर सुनुवार र बैतेस्वर गाउँपालिका वडा नम्बर ४ का ३४ बर्षिय प्रदिप गजमेर रहेका छन् । पक्राउ परेका मध्ये नारद सुनुवार जिरी नगरपालिका ९ स्थित भुसुने सुँगुरे सामुदायीक बनका अध्यक्ष समेत हुन् ।
दोलखा प्रहरीले एक बृद्धलाई पनि पक्राउ गरे पनि नाम सार्वजनिक गरेको छैन । जिल्लाको मैनापोखरीवाट ३ जना र थप एक जना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । चितुवाको छाला सहित पक्राउ परेका चार जना मध्ये तिन जनाको नाम मात्र प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) बासुदेव पाठकले तिन जनालाई मैनापोखरीमा चितुवाको छाला विक्रिका लागि ग्राहक खोज्दै गरेको अवस्थामा पक्राउ गरिएको र पक्राउ परेकाहरुको बयानका आधारमा थप एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुले पासो थापेर चितुवालाई मारेर छाला विक्रिका लागि मैनापोखरी बजार ल्याएका थिए । प्रहरीले शंका लागि हनुमन्तेस्वर मावि नजिकै हिडिरेका गजमेरले बोकेको कालो र निलो रङ्गको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद भएको थियो । त्यस लगत्तै गमजेरको बयानका आधारमा आसपासको क्षेत्रवाटै थप दुई जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुलाई आवस्यक अनुसन्धान पछि डिभिजन बन कार्यालय दोलखामा बुझाउने प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।