अत्याचारका बिरुद्ध खनियो नगर कांगे्रस, कर नबढाएको मेयर केसीको दाबि

 पब्लिक संवाददाता      मङ्लबार, साउन २९, २०७५      0

दोलखा २९ साउन । भिमेश्वर नगरपालिकाले जनतालाई चर्को कर लगाएका नेपाली कांगे्रस भिमेश्वर नगर समितीले बिरोध जनाएको छ । एक सय पचास रुपैया तिर्दै आएका जनतालाई तिन हजार आठ सय रुपैया नगरपालिकाले लिए पछिको नेपाली कांगे्रस भिमेश्वर नगर आन्दोलनमा उत्रिएको हो ।
नगर सभापति राजेश श्रेष्ठले एक विज्ञप्ती जारी अघिल्लो आर्थिक बर्षकै जति करको मूल्य सात दिन भित्र कायम नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
भीमेश्वर नगरपालिका ३ निर्वाचित वडा अध्यक्ष हरिशरण शिवाकोटी लगायत वडा कार्यपालिकाले वृद्धि गरिएको कर तत्काल फिर्ता लिन भिमेश्वर नगरपालिका नगर कार्य पालिका समक्ष गरेको अनुरोध समेत गरेकाछन । हाललाई अघिल्लो आ.व. कै वमोजिम मात्र वडा नं ३ ले जनतासँग कर लिने गरेको निर्णय भीमेश्वर नगरपालिका वडा नं ३ ले निणर्य गरि सार्वाजानिक गरेको छ ।
भिमेश्वर नगरपालिकाले जनताको ढाड सेक्ने गरि हरेक काम गर्दै आएमा पर्ख र हेरको निति लिदा झन जनतामाथि अपराध गर्न अघि बढेकोले अब चुपलागे नबस्ने नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले बताउनु भयो । जनता माथि अपराध गर्नेहरुलाई कार्वाही गर्न जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको रिमालले चेतावानी दिनु भयो ।
जनताको ढाड सेक्ने गरि गरेका निर्णय तत्काल सच्चाउन दोलखाका सबै स्थानिय तहलाई नेपाली कांगे्रस दोलखाले आग्रह गरेको छ । सबै स्थानिय तहले गरेका केही निणर्य प्रति ध्यानार्कषण भएको दोलखा कांगे्रसले जनाएको छ ।
यता भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले जनतामा कसैले भ्रम नफिजाउन आग्रह गर्दै बिगतका बर्षहरुमा जतिकै कर नगरले लिन गरेको र नबढाएको दाबि गर्नु भयो । केही कर्मचारीको कारण त्रुटी देखीएकोले प्रपोकाण्ड नफिजाउन केही तत्व लागी परेकाछन यसमा सत्यता छैन केसीले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।