दोलखा, २४ साउन । काठमाडौँबाट माथिल्लो तामाकोशी आयोजनामा शेयर भर्ने दोलखाबासीको चाप उच्च भएकोले भदौ १ गते सम्म शेयर भर्ने म्याद थपिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर विक्रि काठमाण्डौलागी साउन २५ सम्म म्याद तोकेमा बिहिबार बसेको बैठकले सात दिन म्याद थपेको हो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनका प्रमुख विज्ञान श्रेष्ठले सुचना जारी सात दिन थप म्याद बढाएको जनाएकाछन ।
शेयर आवेदन खुल्ला भएको एक साताको अवधिमै १ अर्व भन्दा बढिको शेयर आवेदन परेकाले आयाजनाको शेयर विक्रि उत्साहजनक देखिएको हो । शेयर आवेदन खुल्ला भएको एक सताको अवधिमा करिव ५० हजार दोलखाबासीले १ अर्व भन्दा बढिको शेयर खरिद गरेको आयोजनका प्रमुख श्रेष्ठले जानकारी दिए ।
दोलखा जिल्लाबासीका लागि १ अर्व ५ करोड ९० लाख बराबरको शेयर निश्काषण गरिएकोमा एक साताको अवधिमै १ अर्व ५ करोड रुपैयाँको शेयर विक्रि भईसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनका प्रमुख श्रेष्ठले जानकारी दिए ।
दोलखाबासीका लागि यही साउन १६ गतेदेखि शेयर आवेदन खुल्ला भएकोमा बिहीबार सम्म करिव ५० हजार आवेदनबाट १ अर्व ५ करोड संकलन भईसकेको उहाँले बताउनुभयो । त्यसमध्य अधिकांश शेयर काठमाडौँबाट विक्रि भएएको हो । १ अर्व ५ करोड मध्य १० प्रतिशत मात्रै दोलखाबाट वितरण भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
जिल्लामा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयर आवेदन भर्नेहरुको चाप बढेको छ । दोलखा जिल्लाबाट भने आगमी भदौ १४ गतेसम्म शेयर आवेदन दिन पाईनेछ । माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको छ । आयोजनामा सबै दोलखाबासिले न्युनतम ३० देखि ३ सय कित्ता सम्म सेयर हाल्न पाउनेछन् । शेयर बाँडफाँडका लागि दोलखाबासीलाई आयोजना प्रभावित क्षेत्रका आधारमा ३ वर्गमा छुट्याईएकाले ३ प्रकारकै शेयर आवेदन फाराम तयार पारिएको छ ।