जिवन रक्षाको लागी सरकारसंग नागरिकको माग

 पब्लिक संवाददाता      बिहिबार, साउन २४, २०७५      0

दोलखा २४ साउन । विपन्न दोलखालीको जिवन रक्षाको लागी खाडीचौर –चरिकोट सडक खण्ड सुचारु हुने अवस्था सिर्जना गरि दिन सरकार संग नागरिकले माग गरेकाछन ।
सडक चौडा बनाउने क्रममा सडक भत्किाएपछि हिलाम्मे सडकमा एम्बुलेन्स समेत गुड्न नसक्दा बिरामी उपचार नपाएर अकाल मै मृत्यू हुने अबस्था आएको भन्दै नागरिकले सरकार संग जिवन रक्षाको माग गरेका हुन ।
सम्पन्न परिवारका सदस्य बिरामी परेको खण्डमा काडमाण्डौबाट हेलिकप्टर झिकाई सुविद्या सम्पन्न अस्पतालमा लगी उपचारार्थ लगी क्रम बढेको तर विपन्नहरको भने उपचार नपाएर अकालै मृत्यू हुने गरेको नागरिक समाजका अगुवा कृष्णबहादुर बस्नेतले बताए ।
खाडीचौर चरिकोट सडक खण्डमा एम्बुलेन्स समेत चल्न छोडे पछि बिरामी लिन १० पटक हेलिकप्टर आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चरिकोटबाट बिरामी लिएर साँढे तिन घण्टामा काडमाण्डौ पुग्ने एम्बुलेन्स रामेछाप,सिन्धुली काभ्रे हुदै जान्दा ८ घण्टा लाग्ने गरेको कारण कतिपय बिरामीको बिच बाटो मै मृत्यू हुने गरेको सामुदायिक अस्पताल दोलखाले जनाएको छ ।
राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक र दोलखा जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको कारण सो पिडा दोलखाली नागरिकले भोग्नु परेको नागरिक अगुवा बस्नेतको दाबि छ ।
सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोट सम्मको ५५ किलोमिटर सडक ठेकेदारका कारण अलपत्र हुँदा हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मेको साथै पहिरोको त्रास बढ्दो एबुलेन्स समेत चल्न नसकेको उनले बताए।
ठेकेदार कम्पनीमा पनि विशिष्ट श्रेणीमा गणना हुने आईसिवि (ईन्टरनेश्नल कम्पेटेटीभ विडिङ) कन्ट्रयाक्टरले नै ढिलासुस्ती र लापरबाही ढंगले काम गर्दा सडक अलपत्र परेको दोलखालीहरु बताउँछन् ।मानवीय, यान्त्रिक तथा आर्थिक हिसाबले अब्बल दर्जामा पर्ने आईसिबि ठेकेदार कम्पनी बदमासीका कारण सबै काम अलपत्र परेको हो।
भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौर देखि दोलखाको चरिकोटसम्म दुई प्याकेजमा सडक चौडा बनाई कालोपत्रे गर्न फरकफरक मितिमा ठेक्का लगाइएको थियो।
खाडीचौर देखि मुडेनजिकै २५ किलोमिटर सडक नर्माणका लागि भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वतीरसुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए।
भ्याटसहित ५० करोड ७२ लाख २६ हजार ४५८ रुपैयाँको लागतमा सडक चौडा र कालोपत्रे गर्ने जिम्मा उक्त कम्पनीहरुले पाएका हुन्। अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउनुपर्नेमा हालसम्म सकिएको छैन। पहिलोपटक २ जुन २०१८ सम्प म्याद थपेर काम गरेको ठेकेदार कम्पनीलाई दोस्रो पटक फेरि ’मे’ अन्तिम २०१९ सम्म काम सकाउन पत्र दिइएको छ। मुडेबाट दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर मालीरसुनौला खिम्ती जेभीले पनि सडक अलपत्र छाडेका छन् ।
२०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक चौडा तथा कालोपत्रे कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम अहिलेसम्म बन्न सकेको छैन।भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा सडक बनाउनुपर्ने काम पाएको ठेकेदार कम्पनीले पछिल्लो पटक ४ डिसेम्बर २०१८ मा काम सम्पन्न गर्ने भन्दै म्याद थपे पनि अझै काम अघि बढ्न सकेको छैन।
जम्मा दुई प्याकेजमा सडक चौडा बनाई कालोपत्रे गर्नी काम पाएको ठेकेदार कम्पनीहरुको ढिलासुस्ती र लापरबाहीलेकै कारणले गर्दा काम समयमै सम्पन्न हुन नसकेको नेकपा हिरा थोकरले बताए।
भारतको एक्जीम बैंकको सहयोगमा निर्माण भइरहेको यो आयोजनामा सरकारले भुक्तानी दिन नसकिएको भन्ने कुरा पनि सरासर गलत हो पर्यवेक्षण कन्सलटेन्सीका एआरई (असिस्टेन्ट रेसिडेन्ट ईन्जिनियर) अभिषेक प्रधान।कामको आधारमा युनिटको दरले रनिङ विलको रकम एक्जिम बैंकले तुरुन्तै उपलब्ध गराउने अवस्था छ।
ठेकेदार कम्पनीले अहिलेसम्मको कामको लगभग ४५ प्रतिशत भुक्तानी समेत लिइसकेको अवस्था छ । मुख्य काम कालोपत्रे गरि बाकी रकम भुक्तानीको लागि तयार हुनुपर्ने ठेकेदार कम्पनीको काम सुस्ताएकै कारणले अहिलेसम्म पक्की सडक बन्न सकेको छैन। जस्को प्रत्येक्ष असर स्थानीय जनता र उनीहरुको आर्थिक क्रियाकलापमा पर्न गएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।