
दोलखा, २२ साउन । दोलखाको जिरी प्राविधिक शिक्षालय, चरिकोटस्थित दोलखा बहुउद्देश्य तालिम संस्थान, दोलखा हेल्थ टेक्निकल कलेज, आईसल्याण्ड मल्टिपल एकेडेमी, भिम मावि दोलखा लगाएतका १८ महिने प्राविधिक एसएलसी कार्यक्रम सञ्चालन हुने सबै विद्यालयमा विद्यालयहरुमा प्रवेश परीक्षा भदौ ५ मा हुने भएको छ ।
प्रश्नपत्र हराएपछि स्थगित भएको १८ महिने प्राविधिक एसएलसी कार्यक्रम तर्फको प्रवेश परीक्षा आउँदो भदौ ५ गते हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) ले अन्तिम समयमा आएर स्थगित गरेको प्रवेश परीक्षा भदौ ५ गते हुने भएको हो ।
प्रवेश परीक्षाका लागि तनहुँको दमौलीस्थित गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर लैजाँदै गरिएको प्रश्नपत्र बाटोमै हराएपछि सिटिईभिटिले परिक्षा स्थगित गरेको थियो । प्रश्नपत्रको झोला खोज्न प्रहरी परिचालन गरिएपनि फेला नपरेपछि सिटिईभिटिले विशेष कारण देखाउँदै वेभसाईट मार्फत सुचना जारी गरि परीक्षा स्थगित गरेको थियो ।
(जेटिएस) ले पनि सुचना जारी गरि जेटिएसमा सञ्चालन हुने १८ महिने प्राविधिक एसएलसीतर्फको सबै विषयको परीक्षा भदौ ५ गते हुने जनाएको छ ।
जेटिएसका सहायक प्रिन्सिपल गोपाल जिरेलले जेटिएसमा १८ महिने कार्यक्रम अन्र्तगत सञ्चालन हुने स्वास्थ्यतर्फको अनमी, निर्माण तर्फको सिभिल सव ओभरसियर, कृषि तर्फको बाली विज्ञान र पशु विज्ञानका लागि आगमी भदौ ५ गते प्रवेश परीक्षा हुने जानकारी दिए।