रन्जित कुमार पठाक भए क्षेत्रीय होटल संघको अध्यक्ष

 पब्लिक संवाददाता      शनिबार, साउन १९, २०७५      0

चरिकोट। क्षेत्रीय होटल संघ दोलखाको अध्यक्षमा रन्जित कुमार पठाक निर्वाचित हुनु भएको छ।
शनिबार सदरमुकाम चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनले पाठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाअध्यक्षमा सिताराम घिमिरे सचिवमा प्रकाश बुढाथोकी र कोषाध्यक्षमा सदिपबाबु श्रेष्ठ निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा पुष्कर अधिकारी, गणेश विक्रम शाही, नविना तामाङ गोले, निमा शेर्पा, शक्ति थापा, सन्तविर तामाङ  रोशन श्रेष्ठ र रिवन बहादुर वस्नेत निर्वाचित भएका छन्।
जिल्ला भरिका होटल व्यवसायीहरु आबद्ध होटल संघमा हाल १०८ सदस्य रहेक‍ निवर्तमान अध्यक्ष सुन्दर कार्कीले बताउनुभयो।
कार्यक्रमको उद्घाटन सत्रमा भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक वाशुदेव पाठक, उद्योग बाणिज्य संघ दोलखाका उपाध्यक्ष दिनेश बस्नेत, पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगाएतले शुभकामना मनतव्य राखेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।