
दोलखा १५ साउन । सरकार अधिनायकवाद उन्मुख हुँदै गएको भन्दै सचेत गराउन नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा बिरोध प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले बिरोध प्रर्दशन गर्दै हालको सरकारको चर्को बिरोध गरेको छ ।
जिल्लामा जनताका मुद्धाबाट भागेको आरोप लगाउँदै फिल्मसिटि दोलखाबाट हटाएको , लामोसाँगु चरिकोट सडकको अबस्था दयनिय हुँदा सम्म नबोलेको बताउँदै यदि नेकपाका नेताहरु जनताका मुद्धामा नसच्चीए सशक्त आन्दोलनका कार्यक्रमहरु समेत घोषण गरेको छ ।
कांग्रेसले आज मंगलबार देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गरेको छ ।
संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा समेत गरिएको जनाएको छ ।