पब्लिक संवाददाता
मङ्लबार, साउन ८, २०७५
0
दीपशंकर चौलागाई
दोलखा ८ साउन । दोलखाको तामाकोशी गाउँपालिका १ भीरकोट माझी गाउँमा बा १९ च ५४२० नम्बरको बलेरो दुर्घटना हुदा एकको घटनास्थलमै मृत्यू भएको छ ।
भरिकोटबाट काठमाण्डौ जाँदै गरेको बलेरोमा सवार अन्य दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मृत्यू हुनेमा भीमेश्वर नगरपालिका ७ का मुनहरी थापा भएको जिल्ला ट्रफिक कार्यालय दोलखाका ईन्चाज नयन भण्डारीले जानकारी दिएकाछन ।
मृतक थापा जिल्ला समन्वय समिती दोलखाका नायव सुब्बा भएको बताईएको छ । सक्त घाईते हुनेमा जिल्ला समन्वय समिती दोलखाका ईन्जिनियर कालिञ्चोक गाउँपालिका ७ का नारायण शिवाकोटी रहेको ईन्चाज भण्डारीले बताए ।
सो बलेरो चालक कर्णबहादुर कुसुले समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको ठेगना भने नखुलेको प्रहरीको भनाई रहेको छ।