दोलखा ।माथिल्लो तामाकोसी आयोजनाले जारी गर्न लागेको सेयरको बर्गिकरण बैज्ञानिक र आयोजनामा भएको भ्रष्टाचारको छानवीन हुनुपर्ने लगायतको माग राखी संघर्ष गर्दै अाएको अपर तामाकोसी शेयर सराेकार संयुक्त सङ्घर्ष समितिले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गाडीलाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो संघर्ष समितिका पदाधिकारीहरुले आयोजनाको बा ९ च ९३६९ नम्बरको टोयोटा हाईलक्स गाडीलाई सदरमुकाम चरिकोट स्थिति सातदोबाटो चोकबाट नियन्त्रणमा लिएको हो ।
चरिकोट बजारबाट आयोजनाको सबस्टेशन जान लागेको गाडीको चावी संघर्ष समितिका संयोजक बर्मा लामाले खोसेको दोलखा प्रहरीले जनाएको छ ।
तामाकोसी शेयर वितरण प्रक्रिया जनपक्षीय हुनुपर्ने भन्दै ६ महिना देखि बिरोध तथा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका संघर्ष समितिले गत असार २० गते मात्रै प्रेस विज्ञप्ति निकालेर संघर्ष समितिले असार २४ गतेदेखि अपर तामाकोसीसँग सम्वन्धित यातायातका साधनहरु दाेलखामा हिंडडुलमा निशेध गर्ने बताइएको थियो।
कब्जामा लिए लगत्तै संयोजक लामासँगबाट प्रहरीले गाडी र चावी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखेको छ ।