लामबगरमा पहिरोले पाँच घरपरिवार विस्थापित

 पब्लिक संवाददाता      आइतवार, असार २४, २०७५      0

दोलखा। दोलखा जिल्लाको उत्तरी सिमा गाउँ लामाबगरमा शनिवार राति पहिरो जाँदा १ जना घाइते हुनुका साथै  ५ घर परिवार विस्थापित भएको छ।
जिल्लाको विगु गाउँपालिका वडा नम्वर-१ लामावगर स्थित चौकी खोलामा आएको बाढी  बस्तीमा छिर्दा ५१ वर्षीया असरी तामाङ घाईते हुनुका साथै ५ घर परिवारका १७ जना विस्थापित भएको हो।
अविरल वर्षाको कारण भुकम्पकले कमजोर बनेको ठिस्को नै बगाएर ल्याएपछि स्थानीय निमा तामाङ, साङ्गे तामाङ, डिल बहादुर तामाङ, मिने तामाङ र निमा छिरिङ तामाङको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
वर्षासँगै आएको बाढी घरमा छिरेपछि भाग्ने क्रममा डिलबहादुरकी श्रीमती असरी तामाङ घाइते हुनुभएको थियो।
दाहिने हात भाँचिएको तामाङको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भईरहेको। अस्पताल स्रोतले जनाएको छ।
पहिरोबाट विस्थापित भएका ५ जनाको परिवारलाई गाउँपालिकाले प्रारम्भिक राहतको व्यवस्था गरी सुरक्षित स्थानमा सारेको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिनुभयो। उनीहरुलाई लामाबगरको पुरानो पूल बाट सुरक्षित स्थानमा सारिएको र थप सहयोग उपलब्ध गराउने प्रयास भईरहेको गाउँपालिकाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।