शेयरको समय तालिका परिवर्तन, साउन १६ गतेदेखि भदौ १४ गतेसम्म फारम संकलन गर्ने

 पब्लिक संवाददाता      बुधबार, असार २०, २०७५      0

दीपशंकर चौलागाई

दोलखा, २० असार । हाईड्रोपावर लिमिटेडले दोलखावासीका लागि आब्ह्वान गरेको शेयरको समय तालिका परिवर्तन गरेको छ ।
हाईड्रोपावर लिमिटेडको बुधबार बसेको बैठकले साउन १६ गतेदेखि भदौ १४ गतेसम्म सम्म दरखास्त फारम संकलन गर्ने निर्णय गरेको हो ।
दोलखा सदरमुकाम चरिकोटमा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय निकायका प्रमुखहरु र नागरिक सामाजको अपिलमा हाईड्रोपावर लिमिटेडले शेयर निष्काशनको समय तालिका परिवर्तन गरेको माथिल्लो तामाकोही जलबिद्युत आयोजनाका प्रमुख बिज्ञान श्रेष्ठले बताए ।
दोलखावासीका लागि शेयर दरखास्त दिन पाउने अवधि न्युनतम १ महिनाको कायम गरी साउन १६ गतेदेखि भदौ १४ गतेसम्म हुनुपर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
असार २४ गतेदेखि शेयर आब्ह्वान खुल्ला गरेकोमा हाल प्रकाशित सूचनालाई संशोधन गर्न नेपाल धितोपत्र बोर्ड र अपर तामाकोशी हाईड्रोपावर कम्पनीलाई सिफारिस गरेपछि सो नियर्णमा पुगेको श्रेष्ठले जानकारी दिए ।
धतोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्री प्रबन्धकका सनराईज क्यापिटल लिमिटेडले सार्वाजानिक सुचना प्रकाशित गरि साउन १६ गतेदेखि भदौ १४ गतेसम्म सम्म दरखास्त फारम संकलन गर्ने जनाएकाछन ।
दोलखा जिल्लाका सहकारीहरुको छाता संगठन जिल्ला सहकारी सँघले जिल्लाका सबै नागरिकको शेयर सुनिश्चित नहुने भन्दै माथिल्लो तामाकोशीमा आह्वान गरिएको शेयर तत्काल स्थगित गर्न माग गरेको थिो ।
आर्थिक वर्षको अन्त्यमा सहकारीको खाता वन्द हुने र सहकारी संस्थाहरुले शेयर सदस्यले जम्मा गरेको रकम समेत फिर्ता गर्न नसक्ने अवस्था रहेको भन्दै सँघले तत्कालका लागि शेयर आह्वान स्थगित गर्नुपर्ने माग राख्दै आएको थियो ।
सहकारीहरुमा तरलता अभाव भएको अवस्थामा जिल्लाका सबै नागरिकको शेयर सुनिश्चित हुन नसक्ने सँघको ठहर छ । जिल्ला सहकारी सँघका अध्यक्ष हेमन्त चौँलागाईद्धारा जारी विज्ञप्तीमा आर्थिक वर्षको अन्त्य, सहकारी संस्थाको क्लोजिङको समय, वर्षा, बाढी, पहिरो र खेतीको मुख्य समयमा गरिएको शेयर आह्वान तत्काल स्थगित गर्न माग गरिएको छ । माथिल्लो तामाकोशीमा प्रतिकुल समयमा शेयर आह्वान भएको भन्दै स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला जिल्ला सहकारी सँघले पनि विज्ञप्ती जारी गरि ध्यानाकर्षण गराएको थियो ।
दोलखाबासीका लागि छुट्याईएको सबै शेयर सतप्रतिशत दोलखाबासीले उपयोग गर्न पाउने वातावरण बन्नुपर्ने आँफुहरुको मान्यता भएपनि आयोजनाले वेमौसममा शेयर आह्वान गरेकाले लगानी सुनिश्चित हुन नसक्ने सँघको भनाई छ । हाल दोलखा जिल्लामा रहेका सहकारीमा ७ अर्व भन्दा बढि पूँजी परिचालन भएको र जिल्लाका १ लाख ८५ हजार ५ सय ३६ जना कुनै न कुनै रुपमा सहकारीमा आवद्ध रहेको सँघको तथ्यांक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।